विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना

विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना
विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी साधन दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल...

काेशी नामाङकरण खारेजीकाे माग राख्दै फाेनिजद्वारा बेलबारी र पथरीमा बिराेध प्रदर्शन

काेशी नामाङकरण खारेजीकाे माग राख्दै फाेनिजद्वारा बेलबारी र पथरीमा बिराेध प्रदर्शन
इटहरी । कोशी प्रदेश नाम राखिएको प्रति विरोध गर्दै आज मोरङको पथरी र बेलबारीमा प्रदर्शन भएको छ ।बेलबारीमा नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ र पथरीशनिश्चरेमा आदिबासी जनजाति नगर समन्वय समितिले छुट्टछुट्टै विरोध प्रदर्शन गरेका हुन् । बक्ताहरुले कोशी प्रदेश नामको पक्षमा भोट लगाएर पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन सरह काम गरेका बताएका छन् । कोशी खारिज गरेर प्रदेशको नाम किरात लिम्बुव...

झापा बर्ड फ्लुको उच्च जोखिमा : भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

झापा बर्ड फ्लुको उच्च जोखिमा : भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु
झापा । भारतवाट अवैध रूपमा कुखुरा जन्य बस्तुको आयात हुँदा झापा बर्ड फ्लु उच्च जोखिममा परेको छ ।खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन् । कुखुरा जन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन । नेपाल सरकारले कानुनमै यसलाई प्रतिबन्ध लगाएको छ । झापामा बर्ड फ्लु संक्रमण देखा पर्यो भने सयौँ किसानको लाख...

झापाकाे मेचीनगरबाट अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा

झापाकाे मेचीनगरबाट अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा
झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा भीसीटीएस लगायतको आवस्यक कागजपत्र नभएको दुई हजार किलोग्राम सुपारी फेला परेकोले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका१ क...

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना
झापा । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे) मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना समेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । ‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, ‘अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।’ ...

उदयपुरमा वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ

उदयपुर । यस पटक अहिले मकैखेती गर्ने बेलामा एक पटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ । तर अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ । मकैखेतीको ...

इटहरीमा चैत्र १ गते चाैथाे ह्विलचीयर रन प्रतीयाेगिता हुने

इटहरीमा चैत्र १ गते चाैथाे ह्विलचीयर रन प्रतीयाेगिता हुने
इटहरी ।सुनसरीको इटहरीमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आगामी चैत्र १ गते चौथो ह्विल चीयर रन प्रतियोगिता गर्ने भएको छ । इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो । अपांगता भएका ब्याक्तिहरूको आत्मबल बढाउन तथा क्षमता अभिबृद्धि संगै सचेतना मुलक र्याली सहित ह्विल चीयर रन गरिने भएको हो । १५ औ अन्तराष्ट्रिय ह्विलचीयर दिवशकै अवसर पारेर अपांगता भएका ब्याक्ति...

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरको प्रदर्शन

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरको प्रदर्शन
विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएकोमा आपति जनाउँदै पहिचानवादी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश सरकारविरुद्ध ‘पहिचानवादी एक हौँ’, ‘मुख्य मन्त्री हिकमत कार्की मुर्दावाद’, लगायतका नारा समेत लगाएका थिए । बुधबार बसेको प्रदेशसभा बैठकले प्रद...

तिब्र गतीमा बनिदै भेडेटार–राँके सडक

तिब्र गतीमा बनिदै भेडेटार–राँके सडक
धरान । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै कामले गति लिएको हो । एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्...

इलामको चिया चीनमा सर्वोत्कृष्ट , नेपाली चिया चिनतर्फ निर्यात गर्न पहल थाल्नु सुझाव

इलामको चिया चीनमा सर्वोत्कृष्ट , नेपाली चिया चिनतर्फ निर्यात गर्न पहल थाल्नु सुझाव
इलाम । इलामको ‘ब्ल्याक टी’ चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को नमूना सर्वोत्कृष्ट घोषित भएको हो ।उक्त नमूना इलामस्थित ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’ ले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । ...
trusted online casino malaysia