सुनसरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै ४ वेपत्ता

सुनसरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै ४ वेपत्ता
इनरुवा । सुनसरीमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । वेपत्ता भएका दुईको शव फेला परेसँगै सुनसरीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । प्रहरीका अनुसार वेपत्ता भएका भोक्राहाका कमलर मण्डल र इटहरीका योगेन्द्र तिवारीको बाढीले बगाएको अवस्थामा शव फेला परेको छ । सुनसरी प्रहरीका अनुसार ४ जना अझै वेपत्ता छन । वेपत्ता हुनेमा सबै इटहरीका रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य ज...

धरानमा पहिरोले घर पुरिदा दिदीभाई वेपत्ता

धरानमा पहिरोले घर पुरिदा दिदीभाई वेपत्ता
सुनसरी । अविरल वर्षा सँगै खसेको पहिरोले धरान १३ मा घर पुरिंदा २ जना वेपत्ता भएका छन । सुनसरी प्रहरीका अनुसार वेपत्ता हुने दुवैजना बालबालिका रहेका छन । उनीहरु एकै घरका दिदीभाई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी वेपत्ता भएको उनले बताए । का...

मादी सामुहिक हत्या काण्डमा संग्लग्न अभियुक्त पक्राउ

मादी सामुहिक हत्या काण्डमा संग्लग्न अभियुक्त पक्राउ
संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ...

सुनसरीमा ६ जनाले एकीकृत समाजवादी रोजे

सुनसरीमा ६ जनाले एकीकृत समाजवादी रोजे
इनरुवा। सुनसरीमा ६ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएका जानकारी अनुसार ६ जना जनप्रतिनिधिले कार्यालयमा गएर सनाखत गरेका छन । ६ जनाले नेकपा एकीकृत समाजवादी रोजेको बताएपनि कार्यालयले उनीहरुको नाम भने खुलाएको छैन । जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दल रोज्न दिइएको समय भित्र उपस्थित भई ६ जनाले सनाखत गरेको बता...

भीम आचार्यलाई आफु निकटकैले छाडे

भीम आचार्यलाई आफु निकटकैले छाडे
भीम आचार्यलाई उनी निकट मानिएका युवा जमात मात्रै नभएर स्वयं छिमेकीले समेत साथ छाड्न थालेका छन ।दुई दिन अघि मात्रै इनरुवामा आचार्य निकटका युवाहरुले उनको साथ छाडेका थिए । पछिल्लो पटक स्वयं आचार्यका छिमेकीले नै उनी आवद्ध दल त्यागेका छन ।आचार्यका छिमेकी इनरुवा ६ का निर्वाचित जनप्रतिनिधि राजेश दाहालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत नै गरिसकेका छन । एमाले बिभाजन पूर्व आचार्यको विश्वास पात्र रह...

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !
इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीको पार्टी सद्भावना भन्दा कमजोर हुने बताएकी छिन । एमाले अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीलाई ठुटे महाराजाको संज्ञा दिदै गालीको वर्षा गरेकी झाक्रीले ओलीको पार्टीको कन्तबिजोग हुने बताएकी हुन । उनले बाटो बिराएर ओली तिर लागेकाहरुलाई बेलैमा आफ्नो पार्टीमा फर्किएर भविष्य सुनिश्चित गर्न आग्रह समेत गरिन ।...

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोशीमा वर्षकै उच्च वहाव
इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप...

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन
इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो। साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरि...

झुम्काको म्याजिक सिनेमा हलमा आगलागी

झुम्काको म्याजिक सिनेमा हलमा आगलागी
इनरुवा । सुनसरीको रामधुनी ५ झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ । उक्त सिनेमा हलमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । विहान साढे आठ बजेतिरबाट सुरु आगलागी नियन्त्रणमा आएको छ । आगो निभाउन स्थानीय सहित आसपासका पालिकाका ६ वटा दमकल प्रयोग गरिएका छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीको क...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो । मोरङको विर...
trusted online casino malaysia