विराटनगरमा थप १८ जनामा कोरोना संक्रमण, विराट नर्सिङ होममा कार्यरत ७ जना
विराटनगर। मंगलबार विराटनगर महानगरपालिकामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट १३ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको हो । १८ जना नयाँ संक्रमित थपिएसँगै समुदायस्तरमा कोरोना फैलिएको थप पुष्टि भएको विराटनगर महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक हैदर अलीले बताए ।
संक्रमण देखिएका मध्ये विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत सात जना, महान...










