सप्तरीमा पाँच सय भन्दा बढी घर डुवानमा
राजविराज। अविरल वर्षाका कारण विभिन्न नदी खोला नालामा उर्लिएर आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काउँदा सप्तरीमा करिब ५ सय भन्दा बढी घर डुवानमा परेको छ । त्रियुगा नदीको बाढीले बाँध भत्किएर सप्तकोशी नगरपालिका १ फत्तेपुर बजारको दुई दर्जन घर र पसल डुवानमा पारेको छ भने खाँडो र सप्तकोशीको बाढी पसेर बाँध भत्काउँदा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी गाउँमा १ सय ५० घर तथा हनुमाननगर कंकालिनि नगरपालिकाक...











