सँगै सुतेका साथीको खन्तीले टाउकोमा हानेर हत्या
झापा । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । आज विहान ५ सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमानसिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान र सनम साथी हुन् ।
कमान गए राति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमक...












