सवितादेवि अग्रवाल ट्रष्टको मोरङमा नयाँ सामाजिक कामको थालनी
विराटनगर। मोरङको रंगेली नगरपालिका –९ युवा चोक नजिकै बिहीबार रमझम र घरमा बाजागाजासहित निक्कै रमाइलो थियो । बेहुला, बेहुलीबीच आगनमा क्रिस्चियन समुदायको विधिमा विवाह भई रहेको थियोे । सबै बिहेमा मस्त थिए । बेहुला आफ्नो विधि अनुसार विवाहको कर्ममा थिए । बेहुलीका बुबा आएका पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक हैन बिवाहको एउटा वास्तविकता हो ।
रंगेली नगरपालिका – ९ कोे युवा चोकका लुखीराम हस्दाकी २...












