इलामको पर्यटकीयस्थल झण्डी डाँडामा कला–साहित्य महोत्सव हुने
इलाम । कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलामस्थित चेतना नाट्यसमूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले यही माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो ।
रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडामै आयोजित पत्रकार भेटघाटम...












