जापान पठाइदिने भन्दै १५ जनाबाट ३७ लाख ५० हजार ठगेको खुलासा
१० वैशाख, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित एक कन्सलट्यान्सीका सञ्चालकले १५ जना युवालाई जापान पठाइदिने भन्दै मोटो रकम ठगी गरेको खुलासा भएको छ । बिर्तामोडस्थित भद्रपुर रोडमा सञ्चालनमा रहेको फास्ट ट्रयाक एजुकेशन कन्सलटेन्सी प्रालिले झापा, इलाम र पाँचथरका युवाबाट जनही २ लाख ५० हजार रुपेयाँका दरले ३७ लाख ५० हजार रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो ।
फाष्ट ट्रयाकले वर्किङ्ग भीषामा जापान पठाइदिने भ...












