सप्तरीमा बस तोडफोड

सप्तरीमा बस तोडफोड
१३ पुष सप्तरी। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले यात्रुवाहक एउटा बसमा तोडफोड गरेका छन् ।मोर्चाका कार्याकर्ताले राजविराजबाट काठमाडौँ जाँदै गरेको ना५ख २८२ नं को बसलाई राजविराज–रुपनी सडकखण्डअन्र्तगत पाँच किलो भने ठाउँमा तोडफोड गरेका हुन् ।तोडफोडबाट बसको अगाडिको सिसा फुट्नुका साथै सप्तरीको शारस्वर–५ निवासी बस चालक महेन्द्रप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते ...

इटहरीमा बाघको छाला सहित भारतिय पक्राउ

इटहरीमा बाघको छाला सहित भारतिय पक्राउ
पुष १२, सुनसरी। इटहरी नगरपालिका–८ डेरा गरी बस्ने भारत घर भएका ३५ बर्षीय रामदेव बगडी र १८ बर्षीय राजु कुमार बगड़ीलाई प्रहरीले १ थान बाघको छाला र नगद ८० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले शनिबार राति उनीहरुलाई सोही ठाउँमा शंकास्पद रुपमा फेला पारी चेकजाँच गर्दा लुकाई छिपाई लैजादै गरेको अवस्थामा उक्त बाघको छाला र नगद बरामद भएको थियो । यस सम्बन्धम...

प्रत्येक दिन लाग्छ नेपाल–भारत नाका नजिक ग्यास र इन्धन मेला

प्रत्येक दिन लाग्छ नेपाल–भारत नाका नजिक ग्यास र इन्धन मेला
  पुष १२, सिरहा, अमर पासमान । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको लामो समय देखिको नाकामा अवरोध र आमहड्तालका कारण सिरहा सहित देशभरमा खाना पकाउने एल.पी ग्यासको चरम अभाव भएको हो ।नेपाल सरकारले थोरै भएपनि सबैलाई पुगाउने उद्देश्यले आधा सिलिन्डर ग्यास वितरण गर्ने अभियान शुरु गरेपनि वर्तमान सरकार त्यसबाट पनि असफल भएपछि सिरहा सहित तराई मधेश नजिक रहेको नाका तथा भारतिय बजार र गाउँहरुमा समे...

बिराटनगरमा झडप, राजेन्द्र महतोको टाउको फुट्यो

बिराटनगरमा झडप, राजेन्द्र महतोको टाउको फुट्यो
पुष ११ विराटनगर। शनिबार दिउँसो जोगबनी नाकामा धर्ना दिन गएका सद्‍भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको टाउकोमा चोट लागेको छ ।जोगबनी नाकामा धर्नामा बसेका महतोसहितका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । नाकामा झडप भएपछि भारतीय भूमितर्फ भागेका महतोसहित मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हस्तक्षेप गर्दा महतोको टाउकोमा चोट लागेको ह...

चिसोले लियो एकजनाको ज्यान

चिसोले लियो एकजनाको ज्यान
११ पुस धनकुटा - चिसोले कठाङ्ग्रीएर धनकुटाको जोरपाटीमा ४४ वर्षका नेत्रबहादुर रानाको ज्यान गएको छ ।आइतबार बाक्लो तुसारो परेपछि एक्कासी बढेको चिसोले रानाको ज्यान गएको उहाँका भतिज चेतराज रानाले बताउनुभयो । स्थानीय ढुंगा खानीमा काम गर्ने मजदुर राना त्यहीँको ओडारमा बस्दै आउनुभएको थियो । रानाको शव जिल्ला अस्पताल धनकुटामा पोष्टर्माटम गरिएको छ ।

विराटनगरमा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप

विराटनगरमा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप
पुष ९ विराटनगर । मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ विराटनगरको महावीरचोकमा झडप भएको छ ।झडपको तस्विर खिच्ने क्रममा प्रहरीको लाठी प्रहारबाट कान्तिपुरका समाचारदाता अवधेशकुमार झा घाइते भएका छन् । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी उपरीक्षक प्रमोद खरेलले दोहोरो झडपको क्रममा पत्रकार झालाई चोट लागेको पु...

तिनै जिल्लाको भूगोल एक नम्बर प्रदेशबाट दायाँ बायाँ नहुने : प्रधानमन्त्री ओली

तिनै जिल्लाको भूगोल एक नम्बर प्रदेशबाट दायाँ बायाँ नहुने : प्रधानमन्त्री ओली
इटहरी ६ पुुस ।सुनसरीमा एमाले जिल्ला कमिटि परिषद्को कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई दुख दिने, अनावश्यक तोडफोड गर्ने र देशका विरुद्ध अभिव्यक्ति दिनेहरुलाई नछाड्ने बताएका हुन् ।मधेसी मोर्चाले सहमतिको अन्तिम बिन्दुको रुपमा रहेको तिन जिल्ला टुक्राउने बिषयमा प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीले मिलेर बसेका समुदायलाई फाटो हालेर कुनै पनि हालतमा जिल्ला विभाजन गर्न नसकिने...

कडा सुरक्षाकावीच दुहवी हुँदै इटहरी पुगे प्रधानमंत्री ओली

कडा सुरक्षाकावीच दुहवी हुँदै इटहरी पुगे प्रधानमंत्री ओली
अमर काफ्ले, पुष ६, दुहवी/ प्रधानमंत्री केपी शर्मा ओली केहिबेर अघि इटहरी पुग्नु भएको छ । विराटनगर एयरपोर्टबाट इटहरीका लागि प्रस्थान गर्ने क्रममा मोर्चाको सम्भावित अवरोधलाई मध्यनजर गर्दै राजमार्गमा कडा सुरक्षाको प्रवन्ध मिलाइएको थियो ।प्रधानमंत्रीलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको मोर्चाले दुहवी सडक खण्डमा पुर्याउन सक्ने अवरोधलाई ध्यानमा राखी सुनसरी प्रशासनले सो क्षेत्रमा विहानैबाट बाक्लो...

दुहवीमा झडप, ४ जना पक्राऊ

दुहवीमा झडप, ४ जना पक्राऊ
पुष ६, इनरुवा ।इटहरीमा हुने आमसभा बिथोल्न मधेसी मोर्चाले दुहवीमा अबरोध गरेपछि प्रहरीसँग झडप भएको छ । झडपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।   मोर्चाका कार्यकर्ताहरु प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन भेला भएको बेलामा सो भिडलाइ तितर बितर पार्ने क्रममा झडप भएको हो ।प्रधानमन्त्री ओली सोमबार बिराटनगर बिमानस्थलबाट दुहवी हुँदै इटहरी पुग्ने का...

प्रधानमन्त्री आज इटहरी आउदै

प्रधानमन्त्री आज इटहरी आउदै
इटहरी ६ पुस । प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज इटहरी आउदैछन । एमाले सुनसरीको दोस्रो जिल्ला परिषदको उदघाटन गर्न ओली इटहरी आउदै गरेका हुन । प्रधानमन्त्री ओली १२ बजे इटहरी आइपुग्ने बताइएको छ । ओली इटहरी आउने भनिएपछि इटहरीको सुरक्षा अबस्था मजबुद बनाइएको छ । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । इटहरी प्रबेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाच तिब्र पारिएको छ ।कार्यक्रमस्थलको निर्मा...
trusted online casino malaysia