तरकारी पकाउँदा तेलबाट उठेको आगोले घर जलेर नष्ट
खोटाङ – केटाकेटीले तरकारी पकाउने क्रममा उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ ।
तरकारी पकाउन कराहीमा तताइएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ का अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो ।
बुधबार राति कराहीको तेलबाट उठेको आगो अगेँनामाथि भारका रुपमा राखिएको जस्ता, त्यसमाथि राखिएको मकै हुँदै फैलिएर घर जलेको स्थानीयवासी पुष्पराज राईले जानकारी दिए ।
अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्...









