कोशीका मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने

कोशीका मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो (बुधबार) दायर गरेको रिटमा आज सुनवाई हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका...

अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाखमा बिक्री, डाक्टरसहित ६ जना पक्राउ

अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाखमा बिक्री, डाक्टरसहित ६ जना पक्राउ
मोरङ । मोरङको विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलासा भएको छ । अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले सात लाख रुपैयाँ दिएको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छिन...

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा । झापाकाे बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र सोही ठाउँका ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मङ्गलवार साँझ साढे ५ बजे बिर्तामोड -४ स्थित नयाँ बिजुली अफिस छेउ नजिकै सुरेश अग्रवालको घर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको हो ।लागु औषध नियन्त्रण ब्...

चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम

चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गा सम...

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज (सोमबार) प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले राखेको ‘विश्वासको मत दिइयोस्’ भन्ने प्रस्तावको पक्षमा ४७ जना प्रदेशसभा सदस्यले मत दिए । यस्तै, विपक्षमा ३० मत परेको छ । विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित भएका थिए। बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्रा...

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक व...

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर,...

कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र

कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र
इटहरी । इटहरी उपमहानगरमा पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर कार्यपालिका सदस्यहरू असन्तुष्ट देखिएका छन् । आव ८०।८१ लागे लगत्तै उपमहानगरले विभिन्न वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरूमा कर्मचारीहरूको व्यापक हेरफेर गरेको थियो । सोही विषयलाई लिएर निर्वाचित जनप्रतिनिधिहरूले असन्तुष्ट व्यक्त गरेका छन् । उपमहानगरकी उपमेयर सङ्गीता चौधरी सहित २४ जना कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिक...

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु गायब , प्रेमीसहित दुई जना पक्राउ

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु  गायब ,  प्रेमीसहित दुई जना पक्राउ
मोरङ । विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । शिशु हराएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका पुरुषलाई पक्राउ गरेको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल ...

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत
ताप्लेजुङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा...
trusted online casino malaysia