पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०-२० ज...

काेशी प्रदेशमा दुईदिनकाे बाढिले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्राेमा लगानी बालुवामा पानी

काेशी प्रदेशमा दुईदिनकाे बाढिले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्राेमा लगानी बालुवामा पानी
इटहरी । यही असार १ र २ गते काेशी प्रदेशमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो । इपानका अध्यक्ष गणेश कार्कीले काेशी प...

ताप्लेजुङकाे फक्ताङलुङमा तीन सातादेखि माेवाइल सेवा अवरूद्ध

ताप्लेजुङकाे फक्ताङलुङमा  तीन सातादेखि माेवाइल सेवा अवरूद्ध
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो । मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए । ‘अहिले बाढी पहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ’, उनले...

इलामको माइजोगमाईमा जेठी श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

इलामको माइजोगमाईमा जेठी श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या
इलाम । इलामको माइजोगमाई–२ मा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राति जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रा...

कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुग्यो एमाले

कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुग्यो एमाले
इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो । रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको त...

मेची राजमार्ग अवरुद्ध बन्दा पाथीभरा आउने भक्तजन बाटैमा अलपत्र

मेची राजमार्ग अवरुद्ध बन्दा पाथीभरा आउने भक्तजन बाटैमा अलपत्र
ताप्लेजुङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल...

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । आज बिहान ९ बजे विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउने कार्यक्रम छ । गठबन्धन दलहरुले आजै (शुक्रबार) सानो आकारको मन्त्रीमण्डल गठनको तयारी पनि गरेका छन् । तर, मन्त्री दाबी गर्नेहरुको संख्या धेरै भएकाले दलहरुलाई व्यवस्थापन गर्न कठिन भइरहेको नेताहर...

कोशी प्रदेशको नाम तत्काल फेरिन्न : नवनियुक्त मुख्यमन्त्री थापा

कोशी प्रदेशको नाम तत्काल फेरिन्न : नवनियुक्त मुख्यमन्त्री थापा
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् । मुख्यमन्त्रीको रुपमा नियुक्त भएसँगै पत्रकारसँग उनले तत्काल कोशी परिवर्तन नहुने बताएका हुन् । उनले पहिचानवादीको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वार्ता समिति बनाएर पहिचान पक्षहरूको माग सम्बोधन हुन्छ ।’ गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको दाबी थियो ।

हर्क साम्पाङलाई भेटेकाे २४ घण्टामै बदलिइन एलिजा : पार्टी छाडेर समाजसेवामा लाग्ने घाषणा

हर्क साम्पाङलाई भेटेकाे २४ घण्टामै बदलिइन एलिजा : पार्टी छाडेर समाजसेवामा लाग्ने घाषणा
इटहरी । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफू अब राजनीति छाडेर समाजसेवामा सक्रिय हुने बताएकी हुन् । प्रवेश गरेको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीले उनलाई गत चैतमा महिला विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । गौतमले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छन् ।दलको सक्रिय राज...

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै
इटहरी । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैछ।कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन्। नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन्।तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन...
trusted online casino malaysia