इनरुवामा जेठ १७ बाट रात्रिकालीन फुटबल

इनरुवामा जेठ १७ बाट रात्रिकालीन फुटबल
पछिल्लो समय खेलकुद हबका रुपमा परिचित बन्दै गएको इनरुवा नगरपालिकामा एकपछि अर्को खेलहरु संचालन भैरहेका छन् । विशेषतः इनरुवामा क्रिकेट फर्मेटका राष्ट्रिय स्तरका प्रतियोगिताहरु भैसकेका छन् । रात्रिकालीन टी टेन क्रिकेट जारी रहेको इनरुवा खेल मैदानमा लगत्तै रात्रिकालीन फुटबल आयोजना हुँदैछ । रातीको समयमा खेलाइने खेलमा दर्शकको रुची बढ्ने क्रमसँगै इनरुवामा एकपछि अर्को रात्रिकालीन खेलहरु भैरहेका छन...

सुनसरीका एसपी अधिकारीको सरुवा, प्रमुखका रुपमा पोखरेल आउँदै

सुनसरीका एसपी अधिकारीको सरुवा, प्रमुखका रुपमा पोखरेल आउँदै
सुनसरीका एसपी राजन अधिकारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रहरी उपरीक्षकहरुको सरुवाको सूचिमा सुनसरीका प्रहरी प्रमुख रहेका अधिकारी २७औं नम्वरमा रहेका छन् । प्रहरी प्रधान कार्यालयले देशभरका ४५ जना प्रहरी उपरीक्षकको सरुवा निकालेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सरुवा भएका अधिकारीको नयाँ दरबन्दी प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन ईकाइ नक्साल काठमाण्डौं का...

रात्रिकालीन T10 : उपाधीकालागि पटना र मुजफरपुर भिड्ने

रात्रिकालीन T10 : उपाधीकालागि पटना र मुजफरपुर भिड्ने
सुनसरी सदरमुकाम इनरुवामा जारी रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिताको उपाधीकालागि दुई भारतीय टिम आपसमा प्रतिष्पर्धा गर्ने भएका छन् । गयराती सम्पन्न खेलमा आयोजक सुनसरी युथ क्लब सुपौलसँग ६४ रनले पराजित भएसँगै फाइनल समिकरण पुरा भएको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.848533128878347/848532268878433/?type=3&theater लिग चरणको अन्तिम खेल बाँकी छ । आज आयोजकले पटनासँग खेल्ने छ ...

प्रदेश स्तरीय भलिबलको उपाधी झापालाई

प्रदेश स्तरीय भलिबलको उपाधी झापालाई
सुनसरीको इनरुवामा आज सम्पन्न दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधी झापाले जितेको छ । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो । महेन्द्रचोकमा सम्पन्न खेलमा झापाले शिखर शुज इटहरी सोझो सेटमा पराजित गरेको हो । सुरुवाती तीन सेट जितेको झापाले शिखर शुज विरुद्ध २५–२८,२५–१७ र २५–२२ को स्को...

भोक्राहा नरसिंहमा काली मन्दिरको शिलान्यास

भोक्राहा नरसिंहमा काली मन्दिरको शिलान्यास
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा काली मन्दिर भवनको शिलान्यास भएको छ। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले हिन्दु धर्म अनुसार काली मन्दिरको सिलान्यास गरेको हो । काली मन्दिर भोक्राहा नरसिंह गाउँपालिकाको एतिहासिक र आस्थाको मन्दिरको रुपमा चिनिने गरेकोले वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादवले गाउँपालिका स्तरीय योजनामा काली मन्दिरलाई समावेश गरिएको बत...

बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने – राज्य मन्त्री चौधरी

बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने – राज्य मन्त्री चौधरी
इनरुवा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई सुनसरी दक्षीण क्षेत्रका किसानहरुले धन्यबाद दिएका छन । बर्षो देखी खेतीयोग्य जमीन सिचाई अभावको कारणले बाँझो रहदै आएको जमीनमा कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरीले डिपबोरीङ्गको उद्घाटन गरे पछी किसानहरु खुशीयाली मनाउदै रमाएका थिए । यहाँका किसानहरु आकासे पानीको भरमा एक बाली मात्रै उब्जाउदै आएका थिए तर अब सिचाइको व्यवस्था भएकोल...

रात्रिकालीन क्रिकेट : वर्षाका कारण खेल रद्य

रात्रिकालीन क्रिकेट : वर्षाका कारण खेल रद्य
सुनसरी सदरमुकाम इनरुवामा जारी रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता अन्र्तगत आज हुने भनिएका दुई खेल रद्य भएका छन् ।पानी परेर मैदान भिजेकाले खेल रद्य गरिएको आयोजक सुनसरी युथ क्लबले जनाएको छ । आजको पहिलो खेल मोरङ र सुनसरी युथ क्लब बिच हुने तालिका रहेको थियो । त्यसैगरी अर्को खेलमा दुई भारतीय टिम मुजफरपुर र सुपौलबीच खेल हुने तालिका थियो । दुवै खेल भोलि खेलाइने छन् । ।

प्रदेश स्तरीय भलिबल : डुम्राहा बिजयी

प्रदेश स्तरीय भलिबल : डुम्राहा बिजयी
सुनसरी सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा डुम्राहा बिजयी भएको छ ।डुम्राहाले रामधुनीलाई सोझो सेटमा पराजित गरेको हो । शान्तिदीप नेपालद्वारा महेन्द्रचौकमा जारी प्रतियोगिता अन्र्तगतको खेलमा डुम्राहाले २५–१७ र २५–१९ को सेटमा रामधुनी विरुद्ध जित निकालेको हो ।झापा र भोजपुरबीचको दोस्रो खेल भने वर्षाका कारण प्रभावित बनेको छ । सो खेल भोलि खेलाइ...

बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने

बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने
इनरुवा। बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने भएको छ। बर्जु गाउँपालिका भित्र रहेका सरकारी तथा निजि विधालयहरुमा जेठ महिनाको पहिलो सप्ताहा जेठ १ गते देखि ७ गते सम्म पोषण सप्ताहा मनाउने भएको छ। विधार्थीहरुलाई जुकाको औषधी वितरण सहित पोषण सम्बन्धि विभिन्न क्रियाकलाप संचालनगरी पोषण सप्ताहा मनाउने गाउँपालिकाका सुचना अधिकारी दिपेन्द्र शर्माले जानकारी दिएका हुन।
trusted online casino malaysia