- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा काली मन्दिर भवनको शिलान्यास भएको छ। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले हिन्दु धर्म अनुसार काली मन्दिरको सिलान्यास गरेको हो ।

काली मन्दिर भोक्राहा नरसिंह गाउँपालिकाको एतिहासिक र आस्थाको मन्दिरको रुपमा चिनिने गरेकोले वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादवले गाउँपालिका स्तरीय योजनामा काली मन्दिरलाई समावेश गरिएको बताए। गाउँपालिकाको चालु आर्थिक वर्ष २०७५ ÷ ०७६ को गाउँपालिका स्तरीय योजना अन्तर्गत काली मन्दिर निर्माणका लागि गाउँपालिकाको गाउँ सभा परिषदबाट ४० लाख रुपैँया विनियोजन गरिएको थियो ।

मन्दिर निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरियो। सो बोलपत्र जल्पा निर्माण सेवा भोक्राहा नरसिंह वार्ड नं. ५ का अध्यक्ष रमेश यादवले ३५ प्रतिशत कम अर्थात घटिमा काम गर्ने जनाएपछि उनलाई ठेक्का परेको गाउँपालिकाका योजना शाखा प्रमुख प्राविधिक पप्पु यादवले बताए । मन्दिर सिलान्यास कार्यक्रममा तत्कालिन नरसिंह गाविसका उपाध्यक्ष सत्रुधन यादव, स्वास्थय तथा जनसंख्या राज्य मन्त्री सुरेन्द्र यादवका स्वकीय सचिव मनोज यादव, बस्नेत मण्डल, रमेश यादव, मुन्ना यादव, पण्डित जागे झा, कृषाराम मेहता, योगानन्द यादव लगायतका व्यत्तिहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia