आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ, जसको प्रारम्भिक दिनलाई घटस्थापना भनिन्छ। यस दिन शास्त्रीय विधि अनुसार दुर्गा भवानीको पूजा आराधना गरिन्छ।

घटस्थापनामा शुद्ध माटो र गोबरले स्थानलाई पवित्र बनाएर शुभ साइतमा कलश स्थापना गरिन्छ, सप्तधान्य छरिन्छ र नौ दिनसम्म शक्तिको आराधना गरिन्छ। दशमीका दिन टीका तथा जमरा ग्रहण गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने विश्वास छ।

नवरात्रिका चार प्रमुख समय आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्लका नवरात्र हुन्, जसमा भक्तजनले विशेष उपासना गर्ने गर्दछन्। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्धमाता देवीको पूजा गरिन्छ। त्यसपछि कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीहरूको आराधना गरिन्छ। प्रत्येक दिनको पूजा र प्रसाद अर्पणले भक्तजनलाई आशीर्वाद, शक्ति र आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia