आज कालीगढहरूले विश्वकर्मा पूजा गरी वास्तु दिवस मनाइरहेका छन्।प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन उद्योग–कलकारखानामा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गरेर यो पर्व मनाइन्छ। पूजा सकेपछि मूर्ति नदी वा शुद्धस्थलमा विसर्जन गर्ने परम्परा छ।

औजार र मेसिनरीमा पूजा गर्दा लामो समय टिक्ने र राम्रो काम हुने विश्वास छ। धर्मशास्त्रअनुसार द्वापर युगमा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेर भगवान् कृष्णलाई बचाएका थिए, त्यसै समयदेखि उहाँलाई महान् वास्तुविद् मान्दै पूजा गर्ने चलन बसेको हो।

नेपालमा पनि यस दिन सवारीसाधन, इञ्जिनसहितका यन्त्रमा पूजा गरिन्छ। वास्तुशास्त्रका ग्रन्थ ‘विश्वकर्मा प्रकाश’ का लेखक मानिने विश्वकर्माको सम्झनामा यो दिनलाई वास्तुविद्हरूले विशेष गरी वास्तु दिवसका रूपमा मनाउँछन्। पछिल्ला वर्षमा नेपालमा वास्तु विद्याको महत्व पुनः बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia