सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई
भाण्टावारी । "सफा राखौं,स्वस्थ बनौं" भन्ने नाराका साथ सुनसरीको भाण्टावारी बजारमा सरोकारवालाहरुले सरसफाई गरेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ८ भाण्टावारीद्वारा आयोजित सरसफाई कार्यक्रममा सरोकारवालाहरुले शनिबार भाण्टावारी बजारमा सरसफाई गरेका हुन । वार्ड कार्यालय हुँदै भाण्टावारी बजार क्षेत्रमा झाडुले फोहोर संकलन गरेर सरोकारवालाहरुले सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रम बिओपी भाण्टावारीका सशस्त्...

इनरुवामा भएको सडक दुर्घटनामा शिक्षकको ज्यान गयो

इनरुवामा भएको सडक दुर्घटनामा शिक्षकको ज्यान गयो
इनरुवा भाद्र १/इनरुवा ३ स्थित पूर्व पश्चिम राजमार्गमा यात्रु वाहक बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा शाखा अघिल्तिर भएको दुर्घटनामा बैतडी घर भई इनरुवा ३ डेरागरी बस्ने ४० वर्षिय महादेवप्रसाद बढुको ज्यान गएको हो । साइकलमा सवार बडुलाई सिन्धुलीबाट काकँडभित्ता जाँदै गरेको मे १ ख १९९४ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बडुको उपचारका क्रममा...

बर्जु गाउँपालिकामा अरिङगालले चिलेर बालकको मृत्यु

बर्जु गाउँपालिकामा अरिङगालले चिलेर बालकको मृत्यु
सुनसरी जिल्लाको बर्जु गाउँपालिका-२ स्थित राय टोलमा साउन २९ गते मंगलबार अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु भएको छ ।स्थानीय जितेन्द्र रायको छोरा रिसभ रायलाई घर नजिकै खेल्ने क्रममा अरिङगालले चिल्दा गम्भीर भएका थिए । बालकलाई उपचारका लागि बिराटनगर स्थित विराट टिचिङ अस्पताल ल्याइएकोमा सोही बेलुकी उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सितागञ्जले जनाएको छ ।

कोशीको वहावमा उतारचढाव जारी

कोशीको वहावमा उतारचढाव जारी
इनरुवा। सप्तकोशी नदीमा पानीको वहावमा उतारचढावको क्रम जारी छ । पुर्वि क्षेत्रमा केहीदिनयताको वर्षासँगै कोशी नदीमा पानीको वहाव उतार चढावको क्रममा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव २ लाख ३६ हजार ७ सय १० क्युसेक प्रतिसेकेण्ड पुगेको छ । कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् । यसैअघि आज दिउँसो सप्तकोशी नदीको चतरा मापन केन्द्रमा यस वर्षकै उच्च वहाव मापन गरिएको थियो । दिउँसो १ बजे...

गढी गाउँपालिका विरुद्ध विपक्षी दलको मोर्चाबन्दी

गढी गाउँपालिका विरुद्ध विपक्षी दलको मोर्चाबन्दी
इनरुवा। सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चा बन्दी गरेका छन् । गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् । दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्यकर्ताहरु सम्मिलित मोर्चाले गाउँपालिकाको हर हिसाब किताब पार्दशी गरिनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलन गरी म...

इनरुवा अस्पताल रकम घोटालामा संलग्न कर्मचारी उपर कार्वाहीको तयारी

इनरुवा अस्पताल रकम घोटालामा संलग्न कर्मचारी उपर कार्वाहीको तयारी
इनरुवा। सरकारी रकम दुरुपयोगमा संलग्न इनरुवा अस्पतालका कर्मचारी उपर कार्वाहीको तयारी थालिएको छ । रकम हिनामिनामा संलग्न बिल काउण्टरका कर्मचारी उपर अस्पताल प्रशासन आन्तरिक कार्वाहीको तयारीमा जुटेको हो । हिनामिनामा संलग्न रहेकाहरु मध्ये संलग्नताका आधारमा कार्वाही गरिने अस्पतालले जनाएको छ । इनरुवा अस्पतालकी मेसु डा.विना शाक्यले सरकारी रकम हिनामिनामा गरिनु अपराध भएकाले संलग्न मध्ये नेतृत्वकर्ता विकेश श...

इतिहास मेटाउन लागिएको भन्दै कुसुम गाछीबासी आन्दोलित

इतिहास मेटाउन लागिएको भन्दै कुसुम गाछीबासी आन्दोलित
इनरुवा /इतिहास मेटाउन खोजिएको भन्दै सुनसरीको इनरुवा नगरपालिका साविक ७ नम्वर वडावासी आन्दोलित बनेका छन् । हालको इनरुवा २ नम्वर वडामा पर्ने कुसुमगाछीका वासिन्दा टोलको पहिचान मेट्ने प्रयत्न भएको प्रति रुष्ट बनेका हुन् । तत्कालिन अवस्थामा १९८८ ताका झोडा फडानी गरी इनरुवामा मानव वस्तीको विकास भएको थियो । जंगल फडानीको समयमा सो क्षेत्रमा सखुवा र कुसुम लगायत प्रजातिका प्रशस्त बोट विरुवा रहेकोमा अन्य ब...

आगलागि बाट अन्दाजि ५ लाख बराबरको क्षति

आगलागि बाट अन्दाजि ५ लाख बराबरको क्षति
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा १ मा रहेको एउटा कसमेटिक पसलमा आगलागि भएको छ । इनरुवा १ मा रहेको रामोतर साह हलुवाई को उत्त कसमेटिक पसलमा आगलागि हुदा अन्दाजि ५ लाख बराबरको क्षति भएको साहले जानकारी दिएकाहुन । करीब ३ बजेर ४५ मिनेटमा लागेको आगो स्थानिय , प्रहरी र दमकलको सहायताले नियन्त्रणमा आएको हो। यसैगरी सोहि ठाउका मोहमद सकिलको घर अगाडि पार्किङ गरेर राखेको बा १९ च १५१३ नम्बरको इको मारुति भ्यानमा सम...

सीताघाटमा हनुमान मन्दिरको शिलान्यास

सीताघाटमा हनुमान मन्दिरको शिलान्यास
इनरुवा /सुनसरीको गडन खोला किनारमा हनुमान मन्दिर बनाइने भएको छ । इनरुवा ७ चाँदबेलामा पर्ने सीताघाटको हाताभित्र मन्दिर सहितको मुर्ति निर्माण गरिन लागिएको हो । १० लाख बढी लागत अनुमान गरिएको मन्दिर निर्माणको कार्य सकेसम्म छिटो सम्पन्न गर्ने बताइएको छ । मन्दिरको शिलान्यास जिल्ला समन्वय समिति सुनसरीका संयोजक समेत रहेका सीताघाट निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपालराज भण्डारीले गरेका छन् ...

इनरुवा अस्पतालको १९ लाख बढी हिनामिना

इनरुवा अस्पतालको १९ लाख बढी हिनामिना
सुनसरी सदरमुका इनरुवामा रहेको इनरुवा अस्पतालको १९ लाख बढी रकम हिनामिना भएको तथ्य फेला परेको छ । बिरामीले तिरेको रकम इन्ट्री गर्ने कार्यमा खटिएका कर्मचारीले सेवा वापत तिरेको रकम बैंक दाखिला नगरी स्वयं हिनामिना हुँदै आएको भेटिएको हो । अस्पतालको आम्दानी वापतको १९ लाख ३९ हजार ५ सय ५६ रुपैंया हिनामिना भएको पाइएको छ । इनरुवा अस्पतालको रकम हिनामिना मात्र भएको छैन् । हिनामिना गरिएको सरकारी रकम फिर्ता गर्...
trusted online casino malaysia