ट्याक्टरले लियो २ बर्षिया बालिकाको ज्यान

ट्याक्टरले लियो २ बर्षिया बालिकाको ज्यान
२४ चैत्र, सुनसरी। हरिनगरा गाउँपालिका-१ मा विहीबार ट्याक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगरा गाउँपालिका-२ बस्ने दिनेश मन्डलकी २ बर्षिया छोरी मनिषा मन्डल रहेकी छन्। बालिकालाई बिहान ८ बजेतिर को २ त ११२९ नम्बरको ट्याक्टरले बाटोमा छेउमा खेल्ने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई गोल्डेन अस्पताल विराटनगरमा  उपचारको क्रममा  विहान ९ बजे मृत्यु भएको ...

सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा ६ घाइते

सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा ६ घाइते
२४ चैत्र, सुनसरी। सुनसरीको  कोशी गाउँपालिका -८ मा विहीबार सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा चालक सहित ६ जना यात्री घाइते भएका छन्। विहान ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत  जिल्ला विकास समितिको ढाँट नजिकै रोकिराखेको ना २ ख ९०८४ नम्बरको  ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख १९७८ नम्बरको बस ठोक्किएको थियो। दुर्घटनाम बसका चालक  सुनसरी ईटहरी-२ बस्ने बर्ष ३८ बर्षिय  नवराज...

निर्वाचनले मुलुकको लोकतान्त्रिक विकासमा गति प्रदान गर्ने राष्ट्रपति भण्डारीको विश्वास

निर्वाचनले मुलुकको लोकतान्त्रिक विकासमा गति प्रदान गर्ने राष्ट्रपति भण्डारीको विश्वास
चैत्र २३ चतरा/राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको लोकतान्त्रिक विकासकालागि निर्वाचन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले मुलुक नयाँ सविधान घोषणासँगै कार्यान्वयनको क्रममा अघि बढेकाले समृद्धीका लागि सबैको साथ र सहयोगको खाँचो औल्याउनुभयो । वृहत्तर वराहक्षेत्र विकास समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन राष्ट्रपति भण्डारी सुनसरीको चतरा पुग्नु भएक...

तस्बिरमा रामधुनी मन्दिरको मेला

तस्बिरमा रामधुनी मन्दिरको मेला
२३ चैत्र, अमर काफ्ले इनरुवा। धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड ।

सुनसरीको रामधुनी मन्दिरमा दर्शनार्थीको बाक्लो भीड

सुनसरीको रामधुनी मन्दिरमा दर्शनार्थीको बाक्लो भीड
२३ चैत्र, सुमन भट्टराइ। धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा लग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बुधवार बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारत, लगायतका देशवाट हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, धर्मावलम्बीको सङ्गमस्थल मानिने रामधुनीमामा यस वर्ष दर...

सुनसरीका सीमामा कडाई

सुनसरीका सीमामा कडाई
इनरुवा चैत्र २०/सुनसरी सँग सीमा जोडिएका सीमामा कडाई गर्न थालिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा भारतसँग सीमा जोडिएका नाकाहरुका दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । खासगरी भाण्टावारी नाकामा सुरक्षा जाँच कडा पारिएको छ । भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरीसँग नाका जोडिएका भारतीय क्षेत्रहरु भिमनगर, विरपुर ,वनेलीपट्टीमा सुरक्षा गस्ती समेत बढाउन थालेको छ । भाण्टावारी नाकाबाट ...

सुनसरीमा समेत नयाँ शक्तिको धर्ना

सुनसरीमा समेत नयाँ शक्तिको धर्ना
इनरुवा चैत्र २०/चुनाव चिन्ह आँखा कायम गरिनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी सुनसरीले समेत निर्वाचन कार्यालयमा धर्ना दिएको छ । विधानमा उल्लेख भएअनुरुपको चुनाव चिन्ह कायम गरिनुपर्ने माग सहित नयाँ शक्तिका जिल्ला स्थित नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् । कार्यालय परिषर बाहिर बसेर उनिहरुले निर्वाचन आगोग विरुद्ध नाराबाजी गरेका थिए । आयोगले स्थानीय तह निर्वाचन...

सुनसरीमा यस्तो छ म्यादी छनौटको प्रकृया : छनौट हुन के गर्ने

सुनसरीमा यस्तो छ म्यादी छनौटको प्रकृया : छनौट हुन के गर्ने
अमर काफ्ले इनरुवा/ सोचेभन्दा बढी आवेदन परेपछि सुनसरीमा म्यादी छनौट प्रकृया चुस्त बनाउन प्रहरीलाई हम्मेहम्मे परेको छ । १४ सय ५८ कोटाकालागि सुनसरीमा ५ हजार २ सय १३ जनाको आवेदन परेको छ । छनौट प्रकृयालाई चुस्त र पार्दशी बनाउन डिएसपी प्रविण धितालको संयोजकत्वमा टोलीले जिम्मेवारी पाएको छ । इनरुवा स्थित पुरानो जेल मैदानमा महिला र पुरुष दुवैका लागि प्रारम्भिक छनौटका प्रकृया चलाइएका छन् । बढ्दो गर्म...

दोषीमाथी कारबाही हुनुपर्छ भन्दै जनक स्मृतिको प्रेस विज्ञप्ती

दोषीमाथी कारबाही हुनुपर्छ भन्दै जनक स्मृतिको प्रेस विज्ञप्ती
१६ चैत्र, इनरुवा। स्थानिय सञ्चारमाध्यममा जनक स्मृति माध्यमिक विधालय इनरुवाका शिक्षकसंग जोडिएको समाचार प्रकाशित भएपछि उक्त विधालयले आज एक प्रेस विज्ञप्ती जारि गरेको छ। प्रेस विज्ञप्तीमा लेखिएको छ – उक्त घटनामा यस स्कुललाई दोषी देखाई प्रिन्सिपल स्वयमले अपराधिलाई भगाएको भन्ने समाचारले हामी स्तब्ध भएका छौ। उक्त समाचार आधारहिन, भ्रामक र कपोकल्पीत छ। सो घटनाको विषयमा विधालयलाई जानकारी हुने वित्तिकै विध...

मनसुन पूर्वनै सुनसरीमा थालियो पूर्वतयारी

मनसुन पूर्वनै सुनसरीमा थालियो पूर्वतयारी
इनरुवा चैत्र १६/मनसुन प्राय जेठ महिनाको दोस्रो साताबाट सक्रिय हुने गर्दछ । वर्षाको समयमा सुनसरीका लागि वर्षेनी सप्तकोशी नदीका साथै अन्य खोला सर्वसाधारणकालागि त्रासदी बन्ने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले दुई महिनाअघि बाटै मनसुने योजनाको तयारी सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज डाकिएको विपद् व्यवस्थापन समितिको बैठकमा सम्भावित विपद् र त्यसले पुर्याउन सक्न...
trusted online casino malaysia