सुनसरीमा मोर्चाको प्रर्दशन र बन्दको प्रभाव

सुनसरीमा मोर्चाको प्रर्दशन र बन्दको प्रभाव
फागुन २५,इनरुवा /राजविराज घटनाको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको दुई दिने मधेश वन्दको अन्तिम दिन मोर्चाले सदरमुकाम इनरुवामा विरोध जुलुस प्रर्दशन गर्नुका साथै कोणसभा गरेको छ । बन्द सफल पार्न मोर्चाका कार्यकर्ताहरु विहानै देखि सदरमुकाम इनरुवामा टायर वाली प्रर्दशनमा उत्रिएका थिए । बन्दको प्रभाव सदरमुकाम इनरुवा ,भाण्टावारी ,लौकही , दुहवीमा बढी परेको थियो । बन्द प्रभावीत ठाउँहरुका शैक्षिक संस्...

दुर्घटनामा घाइते उमेशको अवस्था गम्भिर

दुर्घटनामा घाइते उमेशको अवस्था गम्भिर
इनरुवा फागुन २४/आइतवार बेलुका क्लाशिक होटल अघि दुर्घटनामा परेका उमेशको अवस्था गम्भिर रहेको छ । राती ९ बजेतिर सडक किनारमा हिड्दै गरेका इनरुवा १ का उमेश कोइरालालाई तिव्र गतिमा रहेको को २७ प ९३१३ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । इनरुवा ६ का मोति यादवले चलाएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि यादव भने फरार रहेको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाल...

सुनसरीमा समेत विहानैबाट मोर्चाको प्रर्दशन (फोटो फिचर)

सुनसरीमा समेत विहानैबाट मोर्चाको प्रर्दशन (फोटो फिचर)
फागुन २४ इनरुवा /सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानैबाट सुनसरीमा समेत प्रर्दशन थालेका छन् । एमाले विरोधी नाराबाजी गर्दै मोर्चा कार्यकर्ताहरु सडमका उत्रिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा बस चौक खण्डमा मोर्चाका कार्यकर्ताहरु सडकमै बसेर नाराबाजी गरिरहेका छन् । सडकमा बायर बालेर प्रर्दशनमा उत्रिएका मोर्चा कार्यकर्ताहरुले मोटरसाइकल र आकस्मिक सेवाका बाहेक अन्य क...

इनरुवा – कोशी ब्यारेज हुँदै एमालेको मेची महाकाली अभियान सप्तरी प्रवेश : पूर्व महिला साभासद द्वारा जुत्ता प्रहार

इनरुवा – कोशी ब्यारेज हुँदै एमालेको मेची महाकाली अभियान सप्तरी प्रवेश : पूर्व महिला साभासद द्वारा जुत्ता प्रहार
एमालेको मेची महाकाली अभियानको टोली इनरुवा, लौकही, कोशी ब्यारेज हुँदै सप्तरी प्रवेश गरेको छ। झुम्का हुँदै इनरुवामा सभा गेरेको एमालेले अभियानले राष्ट्रिय एकता कायम गर्ने बिश्वास लिएको छ। इनरुवामा मोर्चले कालो झ्न्डा देखाए भने पुलिसले प्रदर्शनकारीलाइ लखेटेका थिए। बसमा ढुङ्गा हन्ने मोर्चाका नेता  दुहबि निवासी रन्जित गोस्वमीलाई पुलिसले नियन्त्रनमा लिएको छ। यसै बिच एमालेकाे मेची महाकाली अभियानकाे...

मोटरसाईकलको ठक्करबाट एइ पैदलयात्री घाईते

मोटरसाईकलको ठक्करबाट एइ पैदलयात्री घाईते
२३ फाल्गुन, सुनसरी। ईनरुवा नगरपालिका -६ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एइ पैदलयात्री घाईते भएका छन्। घाईते हुनेमा ईनरुवा नगरपालिका -१ बस्ने उमेश कोईराला रहेका छन्। घाईते कोईरालालाई उपचारकालागी न्यूरो हस्पिटल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

युवाहरुमा नया उर्जा थपेर बिदा भए सौनक भट्ट इनरुवाबाट (फोटो फिचर)

युवाहरुमा नया उर्जा थपेर बिदा भए सौनक भट्ट इनरुवाबाट (फोटो फिचर)
२२ फागुन, इनरुवा। इनरुवाको कमल टाकिजमा शनिबार युवा पुष्ता माझ निकै चर्चित प्रेरक वक्ता सौनक भट्टको मोटिभेसनल कन्सर्ट सम्पन्न भएको छ। पुर्व निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो कार्यक्रम सुरु भएको थियो। करिब ४०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम अबधि भर नत सौनक आफुले विश्राम लिए नत हल भित्र उपस्थित दर्शकहरुलाई विश्राम दिए। एशिया स्तरका  प्रेरक वक्ता मानिने सौनकले नया युवा पिढी...

इनरुवा १० वडा कायम हुँदा कुनकुन कता गाभिए-सुनसरीमा समायोजन भएका वडा र गाविस (विस्तृत)

इनरुवा १० वडा कायम हुँदा कुनकुन कता गाभिए-सुनसरीमा समायोजन भएका वडा र गाविस (विस्तृत)
अमर काफ्ले इनरुवा /इनरुवा नगरपालिकामा १० वटा वडा बन्ने निश्चित भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगले तयार पारेको अन्तिम प्रतिवेदनमा यसअघिका इनरुवाका १० वडालाई ५ वटा वडामा समायोजन गरिएको छ । इनरुवा नगरपालिकामा आसपासका गाविस थपेर कुल वडाको संख्या १० वटा निर्धारण गरिएको छ । आयोगले पुर्नसंरचनाको प्रतिवेदनलाई सकेसम्म एक दुई दिनभित्रमै फाइनल गर्न लागेकाले समेत अन्तिम रुप दिइएको संरचना फेरबदलको संभावना...

वार्षिक उत्सवको सबै तयारी पुरा : प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने

वार्षिक उत्सवको सबै तयारी पुरा : प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने
२१ फागुन, मिकाइल आलम इनरुवा। मुलुकै ठुलो मदर्साका रुपमा चिनिने दारुल उलुम नुरुल इस्लाम जल्पापुर सुनसरीको यही फागुन २५ , २६ र २७ गते मनाउन लागेको आफनौ ६७ औं शैक्षिक वार्षिक उत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । सुनसरीको जल्पापुर ६ मा रहेको दारुल उलुम नुरुल इस्लाम मदर्साले यही आउने बुधवार देखि ६६ औं वर्ष पुरा गरि ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अन्र्तराष्ट्रिय स्तरको तीन दिने शैक्षिक म...

सार्वजनिक जग्गा कब्जाको विषयमा झडप हुँदा दई दर्जन बढी घाइते

सार्वजनिक जग्गा कब्जाको विषयमा झडप हुँदा दई दर्जन बढी घाइते
२१ फागुन, इनरुवा ।  सुनसरीको नरसिंहमा सार्वजनिक जग्गा कब्जा गर्ने र रोक्ने समूहवीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन् । नरसिंह ४ मा रहेको सुनसरी खोला किनारको जग्गाको विषयमा स्थानीयविच बढ्दो विवाद झडपमा परिणत भएको हो । दुई समूहवीचको दोहोरो झडपलाई मध्यनजर गर्दै थप तनाव बढ्न नदिन बबिया र नरसिंह गाविस क्षेत्रमा प्रहरीले निषेधाज्ञा जारी गरेको छ । झडपमा दुवै समूहका गरी दुई दर्जन बढी घाइते भएका छन्...
trusted online casino malaysia