भुटाहामा विपन्न समूदायलाई कम्बल वितरण
इनरुवा मंसिर १९/सुनसरीको रामनगर भुटाहामा २ सय ४५ जना असहाय तथा विपन्न परिवारका सदस्यहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।
नरसिंहमा रहेको मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले भुटाहा, नरसिंह र भोक्राहाबाट छनौटमा परेकाहरुकालागि कम्बल वितरण गरेको हो ।
सुनसरीका प्रमुख जिल्लाअधिकारी लोकनाथ पौड्यालका साथै मिल्लत एजुकेशनलका अध्यक्ष मौलाना फिरोज फलाहीले संयुक्त रुपमा न्यायो कपडा वितरण गर्नु भएको हो...












