मेलाका नाममा खुलेयाम जुवा

मेलाका नाममा खुलेयाम जुवा
१० असोज, इनरुवा । इनरुवामा लाग्दै आएको रमाइलो मेला जुवाको खुल्ला खेलका रुपमा देखिएको छ । मिनि महोत्सव नाम दिइएको उक्त मेलामा साँझ परेपछि जुवाजन्य खेलहरु हुने गरेका छन् । दिनभरजसो सुनसान झै रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा ७ बजेपछि जुवाका पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मेला स्थल नजिकै पर्छ ।...

नदी किनारमा हराएका आफन्त खोज्दै कोसीका पीडित परिवार

नदी किनारमा हराएका आफन्त खोज्दै कोसीका पीडित परिवार
अमर काफ्ले असोज ९ सुनसरी । सप्तकोसी नदीमा डुंगा पल्टिएको एकसाता बितिसकेको छ । तरपनि वेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।सुनसरी प्रशासनले वेपत्ताहरु जीवितै भेटिने सम्भावना नरहेको भनि मृत घोषणाको तयारी समेत अघि बढाएको छ । प्रशासनले सप्तकोशी आसपास गर्दै आएको वेपत्ताको खोजी कार्य समेत बन्द गरिसकेको छ । ६३ जना सवार डुंगा नदीमा पल्टँदा ३७ जनाको तत्कालै उद्धार गरियो । १७ जना पछिबाट सम्पर्कमा ...

जसले धानेकाछन् इनरुवामा पत्रिका वितरकको जिम्मेवारी

जसले धानेकाछन् इनरुवामा पत्रिका वितरकको  जिम्मेवारी
अमर काफ्ले इनरुवा असोज ८/ उमेश कोइराला हरकोहीका लागि अञ्जान नाम बन्न सक्ला । बिहानीको मिर्मिरेसँगै साइकलमा पत्रिका बोकेर पाठकको घरदैलो पुग्ने उमेश इनरुवाकै एक त्यस्तो व्यक्ति हुन जो लामो सयमदेखि पत्रिका वितरणको कार्यमा सरिक छन् । उनको बोली छैन् । जन्मजात बोली गुमाउन पुगेका उनलाई पत्रिका वितरक अर्थात फिटफिटेको नामले नचिन्ने सायदै होलान् । हरेकको दृष्टिकोणमा उमेशको पहिचान बेग्लाबेग्लै भएतापनि इनर...

जेष्ठ नागरिक अन्र्तकृया कार्यक्रम

जेष्ठ नागरिक अन्र्तकृया कार्यक्रम
इनरुवा असोज ८ / जेष्ठ नागरिकहरुको अवस्था, समस्या र सरकारी सेवा सुविधा लगायतका बारेमा इनरुवामा अन्र्तकृयाको आयोजना गरिएको छ ।इनरुवा नगरभरिका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको कार्यक्रम जेष्ठ नागरिक परिचय पत्रको अनिवार्यता सरकारी सेवा र सुविधामा छुटको व्यवस्था विषयमा केन्द्रित थियो । अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारी नवयुव बहुउद्देश्यीय सामूदायिक अध्ययन केन्द्र बलाहाले आयोजना गरेक...

बलाहामा मनाइयो सामूहिक जितिया

बलाहामा मनाइयो सामूहिक जितिया
इनरुवा असोज ७/    तराई मधेश क्षेत्रका मैथलानीहरुले जितिया पर्व मनाएका छन् । सुनसरीमा रहेका मधेशी तथा थारु महिलाहरुले आज सामूहिक जितिया मनाएका हुन् ।सुनसरीको बलाहामा बसोवास गर्दै आएका थारु तथा मधेशी मैथलानीहरुले आपसी सद्भाव झल्काउने सन्देश सहित सामूहिक जितिया मनाएका हुन् । थारु समूदायको बाहुल्यता रहेको बलाहा स्थित रहेको राम मन्दिरमा भेला भएका वर्तालुहरुले जातिय भेषभुषा सहित जितिया र्याली निकाल...

सुनसरीमा बजार अनुगमन प्रभावकारी बनाइने

सुनसरीमा बजार अनुगमन प्रभावकारी बनाइने
इनरुवा असोज ७ /चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा सुनसरीका सरोकारवालावीच सामूहिक छलफल चलाइएको छ ।प्रशासनले एकलौटी बजार अनुगमन गरेको प्रति व्यापारीहरुले असन्तुष्टि जनाउन थालेपछि सुनसरी प्रशासनको अगुवाईमा सरोकारवालाहरु डाकेर समस्या र चुनौतिका बारे सामूहिक बहस चलाएको हो । घरेलु तथा साना उद्योग कार्यालय इटहरीले संयुक्त बजार अनुगमन, चुनौति र समाधानका उपायहरु तथा उद्योग व्यव...

कोसीका बहादुरहरुलाई सम्मान – जसले बचाएका थिए २९ जनाको ज्यान

कोसीका बहादुरहरुलाई सम्मान – जसले बचाएका थिए २९ जनाको ज्यान
इनरुवा ७ असोज /गत शनिवार सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा २९ जना यात्रुको उद्यार गर्न सफल स्थानीय ५ युवालाई सुनसरी प्रशासनले सम्मान गरेको छ ।नदीमा दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुंगा डुबेको देखेपछि स्थानीय ५ जना युवाले बहादुरीका साथ २९ जनाको ज्यान जोगाएका थिए । सम्मानित हुनेहरुमा महेन्द्रनगर ९ का अमृत खड्का, सोही स्थानका रामचन्द्र मोची, रोजन राई, नेपाल कविरथ र प्रकाशपुर ३ का ब...

पश्चिमकुशाहामा अर्नाको आक्रमणबाट एकको मृत्यु

पश्चिमकुशाहामा अर्नाको आक्रमणबाट एकको मृत्यु
७ असोज, इनरुवा ।बिहीबार पश्चिमकुशाहा–४ का मुसरु यादवको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार ५५ वर्षीय यादव भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको हो। यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।  

मिथिलाञ्चलमा जितिया पर्वको रौनक, यसरी मनाइन्छ जितिया पर्व

मिथिलाञ्चलमा जितिया पर्वको रौनक, यसरी मनाइन्छ जितिया पर्व
७ असोज , इनरुवा । सुनसरी सहित सम्पूर्ण मिथिलाञ्चलमा हिजोदेखि धार्मिक विधिअनुसार पवित्र मानिएको जितिया पर्व  सुरु भएको छ । व्रत बस्नुअघिको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ  दही चिउरा र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा खा’ अर्थात् नुहाएर खानु भनिन्छ । शुक्रवार बिहान ४ बजे देखि पानी समेत नखाई उपवास बसेकी वर्तालु महिलाले...

फूलपातीका दिन इनरुवामा कुटुम्ब

फूलपातीका दिन इनरुवामा कुटुम्ब
अमर काफ्ले इनरुवा/ सांगितिक माहौल तताउन कुटुम्ब बैंड इनरुवा आउने भएको छ । दशैंको फूलापातीका दिन कुटुम्बले इनरुवा ५ महेन्द्रचौकमा सांगितिक प्रस्तुति दिने तय भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा सरिक हुन इनरुवा आउने कुटुम्बले सांगितिक प्रस्तुती पस्कने छ । कुटुम्ब बैंड नेपालमा वाद्यवाधन सहितको सुमधुर धुनका लागि ख्यातीप्राप्त छ । अधिकांश प्रस्तुती विदेशमा केन्...
trusted online casino malaysia