इनरुवाको गुद्री बजारमा भेटियो तरकारी भित्र लागुऔषध

इनरुवाको गुद्री बजारमा भेटियो तरकारी भित्र लागुऔषध
अमर काफ्ले फागुन २३/सुनसरी प्रहरीले तरकारीको बोरामा लागुऔषध फेला पारेको छ ।लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै हुँदै आएको आगुऔषधको तस्करी फेला पार्न सफल भएको हो । इनरुवाबाट प्रहरीले आज साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा लागुऔषध ट्याबलेट र कोरेक्स फेला पारेको हो । भाण्टा हालिएको बोरामा लुकाएर राखिएका कोरेक्स १ सय ११ थान बोतल, स्पास्मो प्र...

चोरीमा संलग्नताको आशंकामा इनरुवाका ६ जना प्रहरी नियन्त्रणमा

इनरुवा फागुन २१/ इनरुवा क्षेत्रमा बढेको चोरीका घटनामा संलग्नताको आशंकामा सुनसरी प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । इनरुवा बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले घटनामा संलग्नताको आशंकामा स्थानीय केही युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा राखी छानविन प्रकृया अघि बढाएको छ । विगतमा चोरीका घटनामा संलग्न भएकाहरु प्रहरीको खोजीको सूचिमा परेका छन् । बजार क्षेत्रमा शंकास्प...

आन्दोलनले मुलुकलाई खोकर्यायो – उपप्रधान मंत्री गच्छदार

आन्दोलनले मुलुकलाई खोकर्यायो – उपप्रधान मंत्री गच्छदार
अमर काफ्ले इनरुवा फागुन २१/उपप्रधान तथा भौतिक योजना निर्माण मंत्री विजयकुमार गच्छदारले तराइ मधेशको आन्दोलनले समग्र मुलुकको अर्थ व्यवस्थानै डामाडोल हुँदा विकास निर्माणले गति लिन नसकेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका मंत्री गच्छदारले मधेश आन्दोलनताका अनाहकमा धेरैले ज्यान गुमाउनु परेको प्रशंग कोट्याउँदै आन्दोलन र नाकाबन्दीका कारण मुलुकले खवौंको क्षति वेहोरनु परेको बताएका हुन् ...

नेपाल रेल्वे

नेपाल रेल्वे
वि.स. २०१३ सालमा कोशी ब्यारेज निर्माणक लागि आवश्यक ढुंगा,गिट्टी ढुवानीका लागि भिमनगर- चक्रघट्टी- धरान चल्ने रेलको दुर्लभ फोटो।    तस्विर : फेसबुकबाट

प्रहरीले सुरक्षा दिन नसकेको भन्दै इनरुवाका ब्यापारी सडकमा

प्रहरीले सुरक्षा दिन नसकेको भन्दै इनरुवाका ब्यापारी सडकमा
इनरुवा बजार बन्द अमर काफ्ले फागुन २० इनरुवा/ शान्ति सुरक्षा फितलो भएको भन्दै इनरुवाका व्यापारीहरु सडकमा उत्रिएका छन् । पछिल्ला केहि सातायता सदरमुकाम इनरुवा सहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरी प्रशासनको सुरक्षा रणनीति फिलतो भएको भन्दै व्यापारीहरु आन्दोलित बनेका हुन् । इनरुवा क्षेत्रमा एकसाता यता मोटरसाइकल देखि लिएर किराना पसलहरुमा चोरी भएका छन् । प्रहरीले पर्याप्त ...

सुनसरी प्रजिअ पन्थको सरुवा- मोहन चापागाई कार्यभार सम्हाल्न आउँदै

सुनसरी प्रजिअ पन्थको सरुवा- मोहन चापागाई कार्यभार सम्हाल्न आउँदै
  इनरुवा फागुन १९/सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रजिअ भई काम सम्हाल्दै आएका प्रजिअ पन्थको जिल्ला प्रशासन कार्यालय बाँके सरुवा भएको हो । पन्थ केहि दिन भित्रै बाँकै प्रशासनमा हाजिर हुन जाँदैछन् । कैलाली प्रशासनबाट सरुवा भई मोहन चापागाई नयाँ प्रजिअका रुपमा सुनसरी आउँदैछन् ।

विपन्न समूदायमा अझै रोकिएन वालविवाह

विपन्न समूदायमा अझै रोकिएन वालविवाह
इनरुवा १८ फागुन/ वालविवाह न्यूनिकरणको उद्येश्यसाथ विभिन्न संघसंस्थाले जिल्लाका विभिन्न भेगमा कार्यक्रमहरु संचालनमा ल्याएको भएपनि सरोकारवालाहरुवीच आपसी तालमेल अभावले न्यूनिकरणको सवालमा प्रभावकारी काम भने हुन सकेको छैन् । पछिल्लो एकसाता भित्रै सुनसरीमा आधा दर्जन बढी वालविवाहका घटना देखापरेका छन् । सरोकारवालाहरुको पहलमा केही वालविवाह रोकिएपनि तत्कालका लागि रोकिएका वालविवाह पूनः नहोलान भन्न सक्ने अ...

जिविस रणनीतिक योजना बनाउँदै

जिविस रणनीतिक योजना बनाउँदै
१८ फागुण, इनरुवा / जिल्ला विकास समिति सुनसरीको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिविस सुनसरीले सरोकारवालाहरुको उपस्थितीकावीच आगामी आर्थिक वर्ष २०७३।०७४ मा संचालन हुने विकासे कार्यक्रमहरु बारे योजना तर्जुमा गरेको हो । एकिकृत योजना तथा समितिको वैठक डाकी जिविस सुनसरीले आगामी आ.वमा जिल्लाभर संचालनको तयारीका लागि इकाला स्तरतबाट छनौटमा परेका आएका योजनाबारे जानकारी गराएको हो । चालु आर्थिक...

विद्यालयमा न्याय प्रकृया र प्रणाली बारे अन्तरसंवाद

विद्यालयमा न्याय प्रकृया र प्रणाली बारे अन्तरसंवाद
इनरुवा फागुन १७/ सुनसरी जिल्ला अदालतले शारदा उच्च मावि बलाहामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यायिक बाह्रय पहुँच कार्यक्रम संचालनमा ल्याएको छ । न्यायिक प्रक्रिया र प्रणाली बारे समूदायका विभिन्न वर्गसँग अन्तरसम्वादको उद्येश्य अनुरुप जिल्ला अदालत सुनसरीले मावि तथा उच्चमावि तहमा अध्ययनरत विद्यार्थीहरुका लागि न्यायमा पहुँच विषयमा जानकारी गराएको हो । जनसमूदाय र न्यायपालिकावीचको आपसी सम्वन्ध...

शान्ति समिति पारदर्शि हुन नसकेको गुनासो

शान्ति समिति पारदर्शि हुन नसकेको गुनासो
इनरुवा १६ फागुन/ स्थानीय शान्ति समिति सुनसरीले इनरुवामा आज आयोजना गरेको अन्तरकृयामा सरोकारवालाहरुले समितिको काम कार्वाही अपारदर्शी भएको आरोप लगाएका छन् । ग्रामिण भेगमा गठन भएका अधिकांश शान्ति समितिहरुमा पारदर्शिता अभाव र जिल्ला तहको समितिमा समेत मनोमानी हावी भएको सहभागिहरुको भनाई थियो । सहभागिहरुले शान्ति समितिको काम कार्वाही प्रभावकारी र पारदर्शि हुन नसकेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्द...
trusted online casino malaysia