इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे

इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे
इनरुवा नगरपालिका वडा नं ३ को सडक असार लाग्नु भन्दा पहिले नै हिलाम्मे भएको छ। इनरुवा वडा नं ३ शान्ति टोल स्थित सडक केहि दिन एता बिग्रेकोले गर्दा स्थानियलाई आवतजावत गर्न निकै कठिनाई भोग्नु परेको छ। इनरुवा नगरपालिका कार्यालय देखि पश्चिम पट्टि रहेको राजमार्ग जोड्ने उक्तबाटो स्थानिय निर्वाचन २०७९ भन्दा अगाडी नै बाटोको दुवै पट्टी पक्कि नाला निर्माण भै सकेको हो। शान्ति टोल विकास संस्थाले जिम्मा पाएको ...

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी
इनरुवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन । कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए । - मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र...

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ
प्रदेश एकका पूर्व मूख्य मन्त्री भीम आचार्यको वडामै एमाले पत्तासाफ भएको छ । इनरुवाको वडा नम्बर ६ घर भएका आचार्यको वडामा एमालेले एकजना उम्मेदवार समेत जित्न सकेन । गड मानिदै आएको इनरुवाको ६ नम्बरमा यस पटक एमालेले नसोचेको हार बेहोरेको छ । टिकट वितरणमा चरम असन्तुष्टि खेपेको वडाले अन्ततः परिणाम समेत गुमाउनु परेको छ । मत परिणाम अनुसार ६ नम्बरमा नेपाली कांग्रेसले प्यानल सहितको ऐतिहासिक जीत हात पारेको ...

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी
इनरुवा। इनरुवा नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी बिजयी भएका छन । भण्डारी एमालेका उम्मेदवार सरोज पोखरेललाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन । यता उप प्रमुख तर्फ समेत नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसकी बिनिता कुमारी मेहताले एमालेकी उम्मेदवार सहजा...

इनरुवा वडा १ मा कांग्रेसबाट प्रमोद पोखरेल विजयी

इनरुवा वडा १ मा कांग्रेसबाट प्रमोद पोखरेल विजयी
नेपाली कांग्रेसले पुन: एक चोटी सुनसरीको इनरुवा वडा नं. १ मा साख जोगाउन सफल भएको छ। आज इनरुवा नगरपालिका वडा नं. १ को सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडा अध्यक्ष पदमा प्रमोद पोखरेल विजयी भएका छन। पोखरेलले कुल ८१३ मत प्राप्त गरका हुन। त्यसैगरि नेपाली कांग्रेसबाटै महिला वडा सदस्यले ९५८ मत प्राप्त गरेका हुन भने दलित महिला सदस्यले ९४२ मत प्राप्त गरेका हुन। त्यसैगरी वडा सदस्यहरुले ९०३ र ९६५ मत प्र...

इनरुवामा जसपा फ्याक्टर निर्णायक !

इनरुवामा जसपा फ्याक्टर निर्णायक !
इनरुवा नगर पालिकामा मूख्यत: एमाले र काँग्रेसकै उम्मेदवार मध्ये एकको जित आम नगरवासीको आंकलनको विषय हो । स्वयं प्रमुख प्रतिष्पर्धी दल मानिएको एमाले र काँग्रेसकै उम्मेदवार समेतले सो कुरालाई स्विकार गरेका छन ।४२ हजार ७ सय ४८ मतदाता रहेको इनरुवा नगरमा बैशाख ३० को मिति नजिकिंदै जाँदा दलगत चुनावी प्रचार र आफु अनुकुल मतदाता रिझाउने प्रयास भैरहेका छन ।मतदाता समक्ष एकले अर्को उम्मेदवार भन्दा आफु अब्बल, जनप्...

युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !

युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !
अमर काफ्ले/ संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम युएनडिपीले इनरुवा नगरपालिकालाई उपलब्ध गराउँदै आएको सहायता रोकेको जनाएको छ ।नगरपालिकासँग भएको सम्झौता बमोजिमको काम सन्तोषजनक नभएको र सर्त अनुसारको काम भएको नपाइएकाले तत्कालकालागि अन्य कुनै सहायता उपलब्ध नहुने युएनडिपीले जनाएको हो । सो कुरा युएनडिपी जनकपुर परियोजना कार्यालयका फिल्ड अफिसर धन बहादुर चन्दले बताएका हुन । फोन सम्पर्कका क्रममा चन्दले भन...

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ
सुनसरी। सशस्त्र प्रहरीलाई घुस दिन खोज्ने दुईजना व्यक्ति सुनसरीको भोक्राहा नरसिंहबाट पक्राउ परेका छन । बरामद गाँजा छुटाउन साढे ५ लाख रकम बोकेर आएका धनकुटा शहिदभूमि गाउँपालिका २ घर भएका ३६ वर्षिय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई गयराती पक्राउ परेका हुन । रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरुलाई पल्सर मोटरसाइकल सहित सशस्त्र प्रहरीको टोलीले नियन्त्रमा लिएको हो । नगद र मोटरसाइकल सह...

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)
नगर प्रमुख तर्फ: सरोज कुमार पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले), केदार भण्डारी नेपाली काँग्रेस, बिमला पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),दिलिपचन साहु जनता समाजवादी पार्टी, चुन्नी खातुन लोकतान्त्रिक समाजवादी पार्टी, चन्देश्वर चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी, संजिव कुमार चौधरी जनमत पार्टी, जुरीलाल मोची नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी,राजु नन्दी विवेकशील साझा पार्टी, सुन...

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी
उम्मेदवारी फिर्ताको समयसीमा भित्र इनरुवा नगरपालिकामा २३ जनाले नाम फिर्ता लिएका छन ।मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका मध्ये २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्र तर्फ मनोनयन दर्ता गराएकाहरु रहेका छन । उम्मेद्वारी फिर्ता लिनेमा नगर प्रमुख तर्फ नेकपा एकीकृत समाजवादीका बशन्त सुवेद...
trusted online casino malaysia