कोशी प्रदेशमा नयाँ सरकारको निर्णय : निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने
इटहरी । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा सोमबार दिउँसो बैठक बसेको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका ...











