सप्तकोशीमा वर्षकै उच्च वहाव
इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप...












