कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन बस्दै
इनरुवा। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै आज (मंगलबार) देखि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन शुरु गर्ने भएका छन् ।
उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए ।
कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनसन बस्न लागेका हुन् । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अन...












