इलाम र बझाङमा उपनिर्वाचन गर्न आठ करोड खर्च लाग्ने
काठमाडौँ । आउँदो उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाइ छ ।आयोगले बुधबार अर्थ सचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो।
अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्कर...












