इलामकि इनु अमेरिकामा निधन , शव पठाउन सहयोग संकलन अभियान

इलामकि इनु अमेरिकामा निधन , शव पठाउन सहयोग संकलन अभियान
इटहरी । अमेरिकामा मृत्यु भएकी २७ वर्षीया नेपाली नर्स इनु योल्मोको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ।ह्योल्मो सोसाइटी अफ अमेरिकाले सुरु गरेको सहयोग अभियानमा हालसम्म ४ हजार ५ सय २३ डलर संकलन भएको जनाइएको छ। १० हजार डलर संकलन गर्ने लक्ष्य रहेको सोसाइटीले जनाएको छ। सोसाइटीले सहयोगका लागि अपिल पनि गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नेपालमा इलाम नाम्सालिङ घर भएकी इनु क्यान्सर ...

विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति

विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति
इटहरी । मोरङको विराटनगर जुट मिल्समा मंगलबार राति लागेको आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन...

प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित
इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् ।इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् । ‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र ब...

राैतहटमा कर्फ्यू लगाएरै भएपनि सरस्वतीको मूर्ति विसर्जन गर्ने , एकै ठाउ खटिए तीन डीआईजी

राैतहटमा कर्फ्यू लगाएरै भएपनि सरस्वतीको मूर्ति विसर्जन गर्ने , एकै ठाउ खटिए तीन डीआईजी
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मूर्ति बिसर्जन गरिने निर्णय गरिएको छ । निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीन जना डिआईजी रौतहटका परिचालित भएका छन् । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई का...

भोजपुरको पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त घोषणा

भोजपुरको पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त घोषणा
भोजपुर । भाेजपरकाे पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुरका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको हो । घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थ...

६ मुहानबाट सङ्कलन गरेर भोजपुरको टेम्केमैयुङ गाउँमा खानेपानी

६ मुहानबाट सङ्कलन गरेर भोजपुरको टेम्केमैयुङ गाउँमा खानेपानी
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हाल...

संरक्षणको पर्खाइमा ताप्लेजुङकाे वाग्मा पोखरी

संरक्षणको पर्खाइमा ताप्लेजुङकाे वाग्मा पोखरी
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बरा...

झापामा श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्

झापामा श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले ५ वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा छोरीको मृत्यु भएको छ। आमा भने गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्।घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालम...

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
विराटनगर । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिए छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् ।बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ...

इलाममा घर घरमै पुगेर जन्मदर्ता गराउदै जनप्रतिनिधी

इलाममा घर घरमै पुगेर जन्मदर्ता गराउदै जनप्रतिनिधी
इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भनिन्, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई...
trusted online casino malaysia