चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला, तयारी तीव्र

चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला, तयारी तीव्र
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ । चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय ...

सुन्दरहरैचामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सुन्दरहरैचामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच सुन्दरहरैचाको रंगशालामा गरेका हुन । नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रक...

तीन जिल्लाको संगमस्थल हतुवागढीको माइबेनी ओझेलमा

तीन जिल्लाको संगमस्थल हतुवागढीको माइबेनी ओझेलमा
भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो । समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकांक्षाा पूरा हुने धार्मिक विश्वास छ । दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि प...

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक
काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् । थपलियाले शतक पूरा गरेपछि कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु
जनकपुरधाम । भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब...

बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते

बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विष्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविर...

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला
धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएक...

चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित
इटहरी । केही दिनदेखि बढेको चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण इटहरी लगायत सुनसरीका बिभिन्न सहरका जनजिवन प्रभावित बनेका हुन ।मंगलबार माैसम खुल्ला रहेपनि चलेकाे चिसाे हावाका कारण जिल्लाकाे जनजिवन प्रभावित बनेकाे हाे । चिसोका कारण इटहरी, धरान, बराहक्षेत्र, इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, हरिनगर, देवागञ्जल...

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए । दैनिक रुपमा म...

मेयर साम्पाङसँग कड्किए उपमेयर बेघा : जसले बोक्यो उसकै टाउकोमा दिसा–पिसाव नगर्नुस्

मेयर साम्पाङसँग कड्किए उपमेयर बेघा : जसले बोक्यो उसकै टाउकोमा दिसा–पिसाव नगर्नुस्
सुनसरी । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की परेको छ । मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्रविक्रम बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेको विषयमा वादविवाद भएको हो । विगतका बैठकहरुमा शान्त देखिने धरानका उपमेयर बेघा कार्यपालिका बैठकमा भने जङ्गिदै प्रस्तुत भए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग नि...
trusted online casino malaysia