साेलुमा आठ महिना भित्र चारवटा स्काभेटरमा आगजनी : पाँच जना पक्राउ ,एकजना फरार

साेलुमा आठ महिना भित्र चारवटा स्काभेटरमा आगजनी : पाँच जना पक्राउ ,एकजना फरार
सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति ...

झापामा दुर्घटना : दुईको मृत्यु, आठ जना घाइते

झापामा दुर्घटना : दुईको मृत्यु, आठ जना घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु...

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती, स्थानिय सचेत नहुदा जाेखिम बढयाे

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती, स्थानिय सचेत नहुदा जाेखिम बढयाे
झापा । जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेका छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेला भन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । ‘...

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
सल्लेरी । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरप...

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक
इटहरी । मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्का स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षे...

व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान

व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान
इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौं सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । रोङ–१ शिरिसेका पदम राईले आठवटा आधुनिक घार र १७ वटा पर...

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
खोटाङ । गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐंसेलुखर्कको गत मंसिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो । अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका ...

बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो, सुनुवाइ सुरु

बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो, सुनुवाइ सुरु
सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही समक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम...

रामबहादुर बम्जनलाई सिरहा ल्याइयाे , आज अदालतमा पेश गरिँदै

रामबहादुर बम्जनलाई सिरहा ल्याइयाे , आज अदालतमा पेश गरिँदै
सर्लाही । काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई अहिले सर्लाही प्रहरीको हिरासतमा छन् । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई गए राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो । मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती ...

हतुवागढीमा जनश्रमदानबाटै बन्याे १९ किलोमिटर सडक , सहभागी सबैलाई सम्मान

हतुवागढीमा जनश्रमदानबाटै बन्याे १९ किलोमिटर सडक , सहभागी सबैलाई सम्मान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम...
trusted online casino malaysia