सङ्खुवासभाको भाङ्गटारमा पाथीभरा मन्दिर , दैनिक भक्तजनको घुइँचो
सङ्खुवासभा । सङ्खुवासभाको पाँचपखन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथीभरा माताकाे मन्दिर स्थापना गरेसङै दैनिक भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । ताप्लेजुङको पाथीभरा सम्म पुग्न नसकेको वा त्यहाँ गरिएका भाकल अब यही मन्दिरमा अर्पण गर्न सकिने भएपछि अहिले सो स्थलमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो ।
मन्दिर स्थापना र पाथीभरा देवीको प्राणप्रतिस्ठा सँगै सो स्थान...












