इटहरीमा कर वृद्धि विरुद्ध नागरिक समाजले सशक्त आन्दोलन चर्काउने

इटहरीमा कर वृद्धि विरुद्ध नागरिक समाजले सशक्त आन्दोलन चर्काउने
इटहरी । इटहरीमा अवैधानिक तवरबाट बढाइएको करले नगर बासीहरू प्रत्यक्ष मारमा परेको निष्कर्ष सहित नागरिक समाज चरणबद्ध आन्दोलनमा उत्रिएको छ । उपमहानगरले अचाक्ली बढाएको करको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको नागरिक समाज इटहरीले थप आन्दाेलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । मङ्गलवार इटहरीमा पत्रकार सममेलनकाे आयोजना गर्दै नागरिक समाज इटहरीले विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । क...

कन्याममा बन्यो १३ करोड ६५ लाख रूपैयाको चिया अनुसन्धान केन्द्र

कन्याममा बन्यो  १३ करोड ६५ लाख रूपैयाको चिया अनुसन्धान केन्द्र
इलाम । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनीयर आशिष सुवेदीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा सुरु भएको अनुसन्...

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड १९ लाख भेटी संकलन

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड १९ लाख भेटी संकलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास सम...

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या
झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भ...

कोशी सरकारविरुद्धको मुद्दामा आज प्रतिवादीको बहस

कोशी सरकारविरुद्धको मुद्दामा आज प्रतिवादीको बहस
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा आज (मंगलबार) बाट प्रतिवादीको बहस हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हु...

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ
इटहरी । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो। ०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचिमा थिए। सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालि...

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान सुरु, भाडा पनि घट्यो

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान सुरु, भाडा पनि घट्यो
ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ।खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए। लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एकजना यात्री काठमाडाैं गएका छन्। पहिलेकै ...

५३ औं पटक रक्तदान गरेका खाेटाङे छत्र कुमारकाे अनुभव : जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ

५३ औं पटक रक्तदान गरेका खाेटाङे छत्र कुमारकाे अनुभव : जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ
खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उनले सो रक्तदान गरेका थिए । कविताको अवस्था अहिले सामान्य ...

मन्त्री किराती भन्छन : धरानमा विमानस्थल आवश्यकतै छैन किन बनाउने ?

मन्त्री किराती भन्छन : धरानमा विमानस्थल आवश्यकतै छैन किन बनाउने ?
इटहरी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल आवश्यक नभएको बताएका छन् । धरानमा विमानस्थल निर्माणको चर्च वर्षाैदेखि चल्दै आएको छ । जसका लागि निर्माण गर्ने तयारी भएको क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाइएको छ । विराटनगरमा विमानस्थल भएका कारण धरानमा आवश्यक नरहेको उनले बताए । ‘विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा पनि अर्काे एयरपोर्ट चल्छ जस्तो मलाई लाग्दैन,...

पाँचथरकाे हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा

पाँचथरकाे हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचन...
trusted online casino malaysia