विशेष रुपान्तरण अभियान : सोलुखुम्बुमा माओवादीले निर्माण गरे सार्वजनिक सडक
साेलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनश्रमदानमार्फत सार्वजनिक सडक निर्माण गरेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को सुरुवात गरेको छ।
माओवादी केन्द्रले सञ्चालन गरेको तीनमहिने अभियानको पहिलो दिन शनिबार सोलुखुम्बुका विभिन्न ठाउँमा जनश्रमदान मार्फत् सडक निर्माणसहितका काम गरिएको माओवादी केन्द्र सोलुखुम्बुका इन्चार्ज निर्मल बरालले जानकारी दिए।
बरालका अनुसार सोलुखम्बुको नेचा ...












