व्यक्तिको जग्गामा जब्बरजस्ती प्रवेश नगर्न मेयर साम्पाङका नाममा अन्तरिम आदेश
धरान । धरानका मेयर (प्रमुख) हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र जग्गाधनीलाई धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो । धरान–४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकार...










