पोखरामा स्कुल हिँडेका ३ बालिका एकैदिन बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

पोखरामा स्कुल हिँडेका ३ बालिका एकैदिन बेपत्ता, खोजीका लागि परिवारको हारगुहार
पोखरा । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन्। यही साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन्। पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन्। तीनैजना हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। हराएका बालिकाका आफन्तका अनुसार...

भोजपुर अलैंची कृषक भन्छन्, ‘भाउ बढ्यो, उत्पादन घट्यो’

भोजपुर अलैंची कृषक भन्छन्, ‘भाउ बढ्यो, उत्पादन घट्यो’
भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्व अध्यक्ष नवीन प्रधानले भने, ‘गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्र...

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो । कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई ...

खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट
खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’ मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् ।खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके) ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् । प्रतिभा खोजी गरेर राष...

कारागार कैदी मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन्

कारागार कैदी मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन्
संवासभा। जिल्ला कारागार सङ्खुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्ना मानेका छैनन् । प्रहरीको कुटपिटपछि बुधबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोेद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकास बलामीको मृत्यु भएको थियो । पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज चार दिनपछि दुई कैदीको शवपरीक्षण भने गरिएको छ । पीडित पक्षसँग सहमतिपछि शनि...

खाेटाङका महिला तथा दलित जनप्रतिनिधिकाे गुनासो : योजना निर्माणमा हामीलाई सहभागी गराउँदैनन्

खाेटाङका महिला तथा दलित जनप्रतिनिधिकाे गुनासो : योजना निर्माणमा हामीलाई सहभागी गराउँदैनन्
खोटाङ । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्ष...

झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी

झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी
झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’ को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प...

दुई बन्दीको मृत्युपछि संखुवासभा कारागारमा तनाव, प्रहरीमाथि कैदीको ढुङ्गामुढा

दुई बन्दीको मृत्युपछि संखुवासभा कारागारमा तनाव, प्रहरीमाथि कैदीको ढुङ्गामुढा
संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ ...

धनुषाकाे बसही खोलाले पति–पत्नी दुवैलाई बगायो

धनुषाकाे बसही खोलाले पति–पत्नी दुवैलाई बगायो
धनुषा । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा बाढी आएको छ। बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडे...
trusted online casino malaysia