मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात

मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात
इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४ करोड बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । पूर्वी नाका काँकरभिट्टाबाट ७ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६...

कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै

कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै
इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे शपथको समय तोकिएको जनाइएको छ । थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ ...

कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय, घर परिवारमा खुशियाली

कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय, घर परिवारमा खुशियाली
इटहरी । अवैध वित्तीय काराेवार गरेको अभियोग सहित विगत सात महिनादेखि कारागारमा कैद जीवन बिताइरहेका तरहराका लालबहादुर बिक अन्ततः ७ महिना पछि हिरासत मुक्त बनेका छन् । जिल्ला अदालत सुनसरीको फैसलालाई उल्टाउँदै उच्च अदालत विराटनगरले उनलाई न्याय दिएको हो ।फैसला उल्टाएसङै तरहराका लालबहादुर अब हिरासत मुक्त हुने भएका छन् । तरहराको सिंहदेवी ज्वेलर्शमा सामान्य कालिगडको रूपमा कार्यरत लालबहादुर निर्दोष रहेको उजु...

कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी

कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गर्नुभएको छ । सभामुखले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकारको नेतृत्वका लागि दाबी गर्ने उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले राप्रपा सरकारमा सहभागी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनकै कोशीमा सरकार बन्छ ।’ अदालतले आफूलाई नै काम चलाऊ मु...

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा
इटहरी । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वाेच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् । एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरे । सो क्रममा कांग्रेसका थापालाई मुख्य...

राजेन्द्र लिङ्देन भन्छन – कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु

राजेन्द्र लिङ्देन भन्छन – कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न सुझाव दिएका छन । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले अलग–अलग बस्दा मात्र राप्रपा निर्णायक हुने बताए । उनले कांग्रेस र एमाले मिलेर सरकार चलाउनु उपयुक्त हुने बताए । उनले सरकार गठनको सवालमा राप्रपा तटस्थ बस्ने बताए । सं...

कोशी अस्पतालको अक्सिजन प्लान्ट अलपत्र

कोशी अस्पतालको अक्सिजन प्लान्ट अलपत्र
विराटनगर । साधारण मर्मत गर्दा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पताल विराटनगरले निजी कम्पनीसँग अक्सिजन खरिद गरेर ठूलो रकम खर्च गरिरहेको पाइएको छ ।कोशी अस्पतालसँग दैनिक ४ हजार ८०० किलो अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट भएपनि विगत केही महिनायता अस्पतालले निजी कम्पनीसँग दैनिक ५०० किलो अक्सिजन खरिद गर्दै आएको छ । अस्पतालले बिग्रिएको अक्सिजन प्लान्ट मर्मत नगरी ...

इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क

इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क
इटहरी । इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गी संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउने भएको छ । उपमहानगरले इटहरीबासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गी जाँच निशुल्क गरिदिने भएको छ । आज कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन । साथै उपमहानगरले डेङ्गी रोग विरुद्ध खोज र नष्ट अभि...

अश्लील भिडियो बाहिरिएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो

अश्लील भिडियो बाहिरिएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो
झापा । अश्लील भिडियो बाहिरिएपछि विवादमा परेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।सरकारी क्वाटरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार २४ घण्टा भित्र हाजिर हुन निर्देशन दिएको हो । निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधि गरेका क...

काेशी प्रदेशमा आँखा पाक्ने राेगका बिरामी बढे, बालबालिकाहरू प्रभावित

काेशी प्रदेशमा आँखा पाक्ने राेगका बिरामी बढे,  बालबालिकाहरू प्रभावित
इटहरी । बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेशको सहरी क्षेत्रमा एक सातायता आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको हो । यो प्रकोप सहरी क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ । विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् । प्रदेश राजधानी विराटनगरसहित इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायतका सहरी क्षेत्रमा आँखा पाक्ने समस्या फैलिइ...
trusted online casino malaysia