आजकाे माैसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
इटहरी । देशका पहाडी भू–भागमा मौसम बदली रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको जनाइएको छ ।
आज (आइतबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महा...












