झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ ६:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट घाइते स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको उपचारको क्रममा निधन भएको हो । उनलाई उपचारको लागि बिएण्डसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जबेगुले केटिएम दैनिकलाई बताए । ठक्कर दिने कार र चालक कमल गाउँपालिका-६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia