१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि : सुन्दरहरैंचा धेरै जनसंख्या भएकाे दाेश्राे ठुलाे शहर
विराटनगर । राष्ट्रिय जनगणना २०७८ का अनुसार मोरङका १० वर्षको अवधिमा १.६६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । २०७८ को तथ्यांक अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ । जसमा ५ लाख ५७ हजार ५१२ पुरुष र ५ लाख ९० हजार ६४४ महिला रहेका छन् ।
२०६८ सालको जनगणना अनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३७० रहेको थियो । पछिल्लो १० वर्षमा १ लाख ८२ हजार ७८५ जनसंख्या वृद्धि भएको हो ।
तथ्यांक अनुसार विर...












