धनकुटामा जंगली च्याउ खाँदा आमा–छोराको मृत्यु, उपचारपछि बाबुकाे ज्यान बच्याे
धनकुटा । धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनका ७ वर्षीय छोराको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार आमाको मृत्यु भएको प्रहरी कार...












