पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद
पथरीशनिश्चरे । जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर आफु निकट दलको कार्यक्रममा सहभागी भएको भन्दै विरोध भैरहदा एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका हुन् ।
यस्तो दृश्टान्त उतरी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएपछि...












