बन्द हुने अवस्थामा झापाकाे ‘श्रव्य पुस्तकालय’
झापा । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो ।
सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’ का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम...












