झापामा पनि गठन भयाे युवादस्ता, निगरानी गर्दै प्रहरी
झापा । पूर्वी पहाडी जिल्लाहरुमा पहिचानवादीहरुले युवादस्ता बनाउनेक्रम तीव्र परिरहेका बेला झापामा पनि युवादस्ता गठन शुरु भएको छ । हल्दिबारीमा गाउँस्तरीय युवादस्ता गठन गरिएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले युवादस्ता गठनलाई तीव्रता दिएसँंगै युवादस्ता गठन गरिएको बताइएको छ ।
सङ्घर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा १०१ जनाको युवा दस्ता गठन भएको हो । ...












