प्रदेश स्वास्थ्य मन्त्रालयले इनरुवा पुगेर मनायो स्वास्थ्य सेवा दिवस
इनरुवा। एक नम्बर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताउनु भएको हो ।
जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताउनु भएको हो...












