इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका-७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो भने गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...








