धरानकाे जंगलमा चाैधरी हत्या प्रकरण : ८ राउन्ड गोलीसहित धरानका युनेश पक्राउ
इटहरी । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा गोली हानी युवकको हत्यामा संलग्न आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा धरान उपमहानगरपालिका ४ का २७ वर्षीय ज्याङ्लो भन्ने युनेश राईलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ८ राउन्ड गोलीसमेत बरामद गरेको छ।
उनलाई पक्राउ गरेर घर खानतलासी गर्दा महिलाले बोक्ने झोलामा ७.६५ एमएम को ८ राउन्ड गोली बरामद गरेको हो। सा...











