इटहरी । सामाजिक सञ्जालहरुमा आर्कषक तलव सुविधा देखाउने इटहरीको एकेएम गु्रपमा इटहरी उपमहानगरपालिकाले छडके अनुगमन गरेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आईतवारछडके अनुगमन गरेकाे हो । विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले ग्रुपमा अनुगमन गरेकाे हाे । कर्मचारीहरुलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् । सर्वसाधरणहरु जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफुहरुले कार्यालयमै गएर अनुगमन गरेकाे मेयर पाैडेलले बताए । केहि दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आईरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले भने । ग्रुपको सामान वेच्नका लागि उनीहरुले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको भेटियाे उनले भने ।

यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन मेयर पौडेललको आग्रह थियो । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिशनको लागि कर्मचारीहरुले विज्ञापन गरेको स्वीकार गदै आगमी दिनमा यस्तो नहुने बताए । उपमहानगरले भने ग्रुपका सञ्चालकलाइ पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधब काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगमी दिनमा यस्ता विज्ञापन गरे कारवाही गरिने उहाँको भनाई थियो । इटहरीमा ठगीका घट्नाको विषयमा आफुहरु चलाखी पूर्ण रुपमा काम गरिरहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia