वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै
इटहरी ।सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि ...

जाडो छल्न काेशी टप्पु आइपुगे ‘पाहुना’ चरा

जाडो छल्न काेशी टप्पु आइपुगे ‘पाहुना’ चरा
सुनसरी । जाडो छल्न चरा विगतमाझैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैं झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृ...

झापामा पाँच युवाले ६२ बिघामा केरा रोपे, एक वर्षमै कमाए तीन करोड

झापामा पाँच युवाले ६२ बिघामा केरा रोपे, एक वर्षमै कमाए तीन करोड
झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती सुरु गरेहका हुन्। ...

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी
इनरुवा । सुनसरीको इनरुवा–१ गोल चौकमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पुर्ण रुपमा क्षति भएको हो। इनरुवा–१ गोल चौक स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुख नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । इनरुवा लगायत अन...

कोशी प्रदेशले स–साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशले स–साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की
इटहरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए । उनले भने, ‘कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको ट...

कोशी प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

कोशी प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना
इटहरी । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज (आइतबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको...

एसपी भीम दाहालले चलाएकाे स्कारपियो झापामा दुर्घटना : माेटरसाइकल चालक युवककाे मृत्यु

एसपी भीम दाहालले चलाएकाे स्कारपियो झापामा दुर्घटना : माेटरसाइकल चालक युवककाे मृत्यु
इटहरी । नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले चलाएकाे स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा झापाको कमल गाउँपालिका–६ का एक युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल– ६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र...

कोशीमा मिल्यो भागबण्डा, कांग्रेसलाई मुख्यमन्त्रीसहित चार, माओवादीलाई तीन

कोशीमा मिल्यो भागबण्डा, कांग्रेसलाई मुख्यमन्त्रीसहित चार, माओवादीलाई तीन
इटहरी । कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरुबीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ । तिहार अगाडि नियुक्ति नभए पनि दलहरुबीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति जुटेको हो । मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रबार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका...

टेलिकमकाे नमुना जिल्ला घाेषणा : माेरङ ,खोटाङ, उदयपुर उत्कृस्टमा पर्दा सुनसरी किन परेन ?

टेलिकमकाे नमुना जिल्ला घाेषणा : माेरङ ,खोटाङ, उदयपुर उत्कृस्टमा पर्दा सुनसरी किन परेन ?
इटहरी । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ। देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ। हाललाई पहिलो चरणमा मोरङ...

भाेजपुरमा पाक्न लागेको धान ढुसीले नष्ट , कृषक चिन्तीत

भाेजपुरमा पाक्न लागेको धान ढुसीले नष्ट , कृषक चिन्तीत
भोजपुर । भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ । धान पाक्ने बेलामा बोट कालो भएर सुक्दा फलेको थोरै धान पनि भित्र्याउन नसकेको स्थानीय श्रीप्रसाद दङ्गाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “करिब छ रोपनी क्षेत्रफलमा लगाएको धानमा रोग फैलिँदा धान सुकेर नष्ट भएको छ । वार्षिक २०÷२५ मुरी धान उत्पादन हुँदै आएको खेतमा...
trusted online casino malaysia