विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
मोरङ । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरेका थिए । दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । ...

राम कथा प्रवचन तथा महायज्ञको तिब्र तयारी हुदै

राम कथा प्रवचन तथा महायज्ञको तिब्र तयारी हुदै
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी हुँदै छ। पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा तयारी भइरहेकोे हो। नौ दिवसिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब...

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ । राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय  गरिएको महानगरपालिकाले जनाएको छ । नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई  विश्वकपसम्म पुर्...

समानन्द यादव हत्या प्रकरण : विराटनगर–१४ का पूर्व वडाध्यक्ष सहित सात जना दोषी ठहर

समानन्द यादव हत्या प्रकरण : विराटनगर–१४ का पूर्व वडाध्यक्ष सहित सात जना दोषी ठहर
विराटनगर । जिल्ला अदालत मोरङले ५५ वर्षे समानन्द यादवको हत्या आरोपमा तीन जना पूर्व वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ ।जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शुक्रबार ७ जनालाई दोषी ठहर गरेको हो । अदालतबाट दोषी ठहर हुनेमा विराटनगर महानगरपालिका दुई जना वडाध्यक्ष र र जहदा गाउँपालिकाका एक जना वडाध्यक्ष सहित सात जना छन् । अदालतले विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादव, १८ का पूर्व व...

तालाबन्दीका कारण विराटनगरका दुई कलेजमा स्ववियु निर्वाचन अनिश्चित

तालाबन्दीका कारण विराटनगरका दुई कलेजमा स्ववियु निर्वाचन अनिश्चित
बिराटनगर । तालाबन्दीका कारण विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । नेपल विद्यार्थी संघ र अनेरास्ववियूले तालाबन्दी गरेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र विराटनगर नर्सिङ क्याम्वसको स्ववियु निर्वाचन अनिश्चित भएको हो । आइतबार स्ववियु निर्वाचन हुने कार्यतालिका छ । दुबै कलेजले निर्वाचनको सबै तयारी गरेका थिए । तर शुक्रबार बेलुका नर्सिङ कल...

झापामा कपडा गोदाममा प्रहरीको छापा, कपडा सहित कस्मेटिक सामग्री पनि बरामद

झापामा कपडा गोदाममा प्रहरीको छापा, कपडा सहित कस्मेटिक सामग्री पनि बरामद
झापा । झापाकाे भद्रपुरमा दर्ता बिनाको गोदाममा राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर– ८ स्थित गणेश मन्दिर नजिकै मोहम्मद अफरोजको घरको एउटा कोठामा राखिएको ८ पोका कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । स्थानीय दीपेश कामतीले आवश्यक कानुनी प्रक्रिया अर्थात् आन्तरिक राजश्व कार्यालय वा भद्रपुर नगरपालिकामा गोदाम दर्ता नगरी अफरोजको स...

भाेजपुरकाे साल्पासिलिछोमा पञ्चवर्षे योजना निर्माण

भाेजपुरकाे साल्पासिलिछोमा पञ्चवर्षे योजना निर्माण
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो । स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना नि...

खाेटाङ जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता : छानबिन समिति गठन

खाेटाङ जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता : छानबिन समिति गठन
खोटाङ । प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ ।गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित रू १० लाख बजेट कार्यक्रम नै नगरी सकिएको खुलासा भएको हो । निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि प्राप्त रकममध्ये रू आठ लाख एक हजार दुई सय एकको गर्भवती जाँचका क्रममा प्रयोग हुने ल्याबको रि–एजेन्ट, युएसई गर्ने पेपर र जेल्ली खर...

झापामा न्यायकाे अधिकार सम्बन्धी न्यायधिशसंग अन्तरकृिया

झापामा न्यायकाे अधिकार सम्बन्धी न्यायधिशसंग अन्तरकृिया
झापा । न्यायिक क्षेत्र सम्बन्धी अधिकारहरुको विषयमा छलफल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले उद्घाटन गरेका थिए । जनप्रतिनिधि, कर्मचारी र मेलमिलापकर्ताहरुलाई लक्...

खाेटाङकाे रावाबेँसी गाउँपालिकामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिवन्ध

खाेटाङकाे रावाबेँसी गाउँपालिकामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिवन्ध
खोटाङ । रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विफोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ ।दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो । करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलच...
trusted online casino malaysia