सुनसरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै ४ वेपत्ता
इनरुवा । सुनसरीमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । वेपत्ता भएका दुईको शव फेला परेसँगै सुनसरीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । प्रहरीका अनुसार वेपत्ता भएका भोक्राहाका कमलर मण्डल र इटहरीका योगेन्द्र तिवारीको बाढीले बगाएको अवस्थामा शव फेला परेको छ । सुनसरी प्रहरीका अनुसार ४ जना अझै वेपत्ता छन । वेपत्ता हुनेमा सबै इटहरीका रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य ज...












